पर्सा क्षेत्र नम्बर २ मा उम्मेदवार चौरसिया र पटेललाइ चुनावी घरदैलोका क्रममा मतदाताले स्वफूर्त स्वागत गरे

68

वीरगञ्ज,

पर्सा क्षेत्र नम्बर २ मा नेपाली काँग्रेसका प्रतिनिधीसभा सदस्यका उम्मेदवार अजय चौरसिया र प्रदेशसभा सदस्यका उम्मेदवार श्याम पटेललाई चुनावी घरदैलोका क्रममा मतदाताले स्वफूर्त स्वागत गरेका छन् । बुधबार चसनावी प्रचारका क्रममा पर्सागढी नगरपालिकाको पकडीया , बढ्निहार , सबैया , बडेरर्वा र बिरुवा गाँउमा पुगेका चौरसिया र पटेललाई स्थानीय मतदाताले घरदैलोमा अबीर टिका र फुलको माला लगाउदै स्वागत गरेका हुन् ।पदमा रहे पनि नरहेपनि चौरसियाले क्षेत्रको विकास निर्माण र जनताको सुखदुखमा साथ दिदै आएकाकारण यसपालि आफुहरुले काँग्रेसलाई नै भोट दिने मतदाताहरुको भनाइ थियो । त्यसक्रममा प्रतिनिधीसभा सदस्यका उम्मेदवार चौरसियाले काँग्रेसले जिते मात्र लोकतन्त्र र संविधानको रक्षा हुने बताए ।

एमाले र जसपा दुवै मधेस र देश विरोधी कित्तामा उभिएको भन्दै चौरसियाले भने ,‘ लोकतन्त्र मास्न खोज्ने एमाले र उसैलाई साथ दिने जसपाबाट मधेस मात्र होइन अब लोकतन्त्र नै संकटमा पर्न सक्छ , त्यसैले लोकतन्त्र र संविधानको पहरेदार काँग्रेसले जित्नु आवश्यक छ । चुनावी घरदैलो कार्यक्रममा काँग्रेस , माओवादी केन्द्र , नेकपा एकिकृत समाजवादी , लोसपाका पनि नेता कार्यकर्ताहरुको सहभागिता थियो ।

Leave A Reply

Your email address will not be published.