मुख्यमन्त्री राउतको घरदैलो कार्यक्रममा जन लहर

968

वीरगञ्ज १५ कार्तिक
प्रतिनिधि सभा र प्रदेश सभा चुनाव नजिकिँदै जाँदा जनता समाजवादी पार्टी (जसपा) र नेकपा एमालेको गठबन्धनबाट पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार प्रदीप यादव र प्रदेश सभा सदस्य पदका उम्मेदवार लालबाबु राउत गद्दीले वीरगञ्ज महानगरपालिका वडा नं १५ मा घरदैलो तथा मतदातासँग भेटघाट गरेका छन् ।
वीरगञ्ज महानगरपालिका वडा नं १५ का मतदाताहरुको घरघरमा पुगि भेटघाट गर्दै पुर्व मन्त्री प्रदिप यादव र मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत गद्दीले जनता समाजवादी पार्टी (जसपा) र नेकपा एमालेको गठबन्धनको चुनाव चिन्ह छाता छापमा मतदान गर्ने मतदाताहरु संग आग्रह गरेका छन्।
निर्वाचन नजिकिदै गएसँगै उनले नेता तथा कार्यकर्ताहरुलाई पनि जसपा र एमालेको गठबन्धनका उम्मेदवारलाई जिताउनका लागि सक्रिय हुन सचेत गराएका छन् । जनतालाई भ्रममा पारेर दिवा सपना देखाउनेहरुबाट सर्तक रहन आग्रह गर्दै उनले ईमान्दार एवम् जनताको पीरमार्का बुझ्ने व्यक्तिलाई चुनेर पठाउनुपर्ने बताएका छन् ।
निर्वाचित गराइसकेपछि पश्चाताप हुनुपर्ने अवस्था नआउनका लागि बेलैमा सोचेर अमूल्य मत सही व्यक्तिलाई दिई विकास र परिवर्तनको अभियानमा हातेमालो गर्नुपर्नेमा उनले जोड दिएका छन् ।
वीरगञ्ज महानगरपालिका वडा नं १५ का मतदाताहरुले गद्दी र यादवको भनाईप्रति समर्थन जनाउँदै मताधिकारको सही सदुपयोग गर्ने प्रतिबद्धता पनि जनाएका छन् । मतदातासँगको भेटघाटका क्रममा जसपाका महानगर अध्यक्ष इश्वर चन्द्र यादव , नेकपा एमाले प्रभु हजार, जसपाका युवा नेता हरिन्द्र साहलगायत एवम् जनता समाजवादी पार्टी (जसपा) र नेकपा एमालेको गठबन्धनका नेता कार्यकर्ताहरुको उलेख्निय सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.