महावाणिज्य दूतावास वीरगञ्ज द्वाराआजादी का अमृत महतोसव (भारत ७५) र धन्वन्त्री जयन्ती कार्यक्रम सम्पन्न

81
Pachrauta
वीरगंज, १० कार्तिक
बीरगंज स्थित भारत को महावाणिज्य दूतावास द्वारा अक्टोबर २३, २०२२ मा होटल क्लार्क्स रिसोर्ट, बीरगंजमा आजादी का अमृत महतोसव (भारत ७५) र धन्वन्त्री जयन्ती मनाउनको लागि एक कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रमको प्रमुख अतिथि मधेस प्रदेशका माननीय राज्यपाल श्री हरिशङ्कर मिश्र रहनुभएको थियो । कार्यक्रमको सूरूवात महावाणिज्यदूतको उद्घाटन मन्तव्यबाट भयो, सो अवसरमा वहाँले भारत सरकारको “हर दिन हर घर आयुर्वेद” अभियानबारे प्रकाश पार्नु भयो तथा “आयुर्वेद २०४७ आजादी का अमृत काल” अन्तर्गत सरकारको महत्वाकांक्षा बारे जानकारी गराउनु भयो ।
कार्यक्रममा वक्ता डा राकेश कुमार सिंह, एमडी, पीएचडी (बाल आयुर्वेद), डा मनिष सिंह, एमडी (आयुर्वेद), डा. प्रभाकर मनु, एमडी (आयुर्वेद), डा. सुचितकुमार शर्मा, बीएएमएस (एचओडी, सामाजिक विकास मन्त्रालय, मधेश प्रदेश), डा. नन्दकिशोर झा, बीएएमएस र डा रञ्जन केशरी बी ए एम एस, हरूले आफ्ना अनुभवहरू साझा गर्नुभयो र वैज्ञानिक आयुर्वेद अभ्यासहरूको दैनिक र मौसमी आहार र उपयोगिताहरूको बारेमा दर्शकहरूलाई शिक्षित गर्नुभयो। प्रमुख अतिथि माननीय हरिशङ्कर मिश्रले भान्सादेखि बगैँचासम्म आयुर्वेदिक औषधि पाउँछौँ तर प्रचार–प्रसारको अभावका कारण पर्याप्त चेतना नभएको धारणा राख्नुभयो । विभिन्न रोगको उपचारमा उपयोगी हुने यस्ता जडिबुटीहरूबारे जनतालाई सचेत गराउनु राज्यको दायित्व भएको उनको भनाइ छ । उनले यस्तो उपचार पद्धतिलाई राष्ट्रियकरण गर्नुपर्ने आवश्यकतामा जोड दिए ।
राज्यपालले प्रत्येक वर्ष आयुर्वेद सम्बन्धी कार्यक्रम आयोजना गरेकोमा महावाणिज्य दूतावासलाई धन्यवाद ज्ञापन गर्नुभयो । वाणिज्य दूतावास द्वारा यसअघि २०२२ को सेप्टेम्बर र अक्टोबर महिनामा आयुर्वेद सम्बन्धी शृङ्खलाबद्ध कार्यक्रमहरूको आयोजना गरिएको थियो। निम्न वक्ताहरूले विभिन्न विषयमा आफ्नो धारणा राखेका थिए। कार्यक्रममा उद्योगी, व्यवसायी, पत्रकार, नागरिक समाजका सदस्य, बुद्धिजीवी तथा विभिन्न विद्यालयका प्रधानाध्यापक तथा वाणिज्य दूतावासका अधिकृत, अधिकारी लगायत समाजका विभिन्न वर्गका करिब ८० व्यक्तिको सहभागिता रहेको थियो ।
Leave a comment