शको विकास, समृद्धी र सुशासन स्थापनाका निमित्त जसपा–एमाले गठबन्धनका साझा उम्मेदवारहरुलाई जिताउन :- यादवको आग्रह
वीरगञ्ज १० कार्तिक । पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार प्रदीप यादवले जनता भेटघाट कार्यक्रमलाई निरन्तरता दिएका छन् ।
पूर्वमन्त्रीसमेत रहेका यादवले क्षेत्र नम्बर १ मा पर्ने वीरगञ्ज महानगरपालिकाको वडाहरुमा जनता भेटघाट कार्यक्रमलाई निरन्तरता दिएका छन् ।
यादवले स्थानीयहरुसँग भेटघाट गर्दै देशको विकास, समृद्धी र सुशासन स्थापनाका निमित्त जसपा–एमाले गठबन्धनका साझा उम्मेदवारहरुलाई जिताउन आग्रह गरेका छन् ।
यादवले सत्ता गठबन्धनले एकलौटी राज चलाएर देशमा तानाशाह स्थापना गर्न खोजेको आरोप लगाउँदै गणतन्त्र र लोकतन्त्रको रक्षाका लागि जसपा–एमालेका उम्मेदवारहरुलाई जिताउनु पर्ने बताए ।
यादवले आफू सांसद् र सानो समयका लागि मन्त्री हुँदा पनि आफ्नो क्षेत्र र समग्रमा पर्सा जिल्लामा भ्याएसम्म विकास निर्माणका योजनाहरु ल्याएको र पूरासमेत गरेको दावी गर्दै आगामी दिनमा बाँकी रहेको काम सम्पन्न गर्न आफूलाई निर्वाचित गराउन मतदातासँग आग्रह गरेका छन् ।
सोही क्रममा यादवले हिन्दूहरुको महान पर्व दिपावली र छठको शुभकामना आदानप्रदान पनि गरेका थिए । मधेश प्रदेशका मुख्यमन्त्रीसमेत सहभागी रहेको कार्यक्रममा जसपा र एमालेका कार्यकर्ताहरुको पनि ठूलो सङ्ख्यामा उपस्थिति रहेको थियो ।