मंसिर ४ को निर्वाचन नजिकिँदै गर्दा पर्सा क्षेत्र नम्बर २ मा नेपाली काँग्रेसका उम्मेदवारहरु प्रतिको आकर्षण र जनलहर बढ्दै

58

वीरगञ्ज, ९ कार्तिक । मंसिर ४ को निर्वाचन नजिकिँदै गर्दा पर्सा क्षेत्र नम्बर २ मा नेपाली काँग्रेसका उम्मेदवारहरु प्रतिको आकर्षण र जनलहर बढ्दै गएको छ ।

चुनावी प्रचार प्रसारका क्रममा मतदाताको घरदैलोमै पुगेर भेटघाट तिब्र परेका प्रतिनिधीसभा सदस्य उम्मेदवार अजय चौरसिया र प्रदेशसभा सदस्य उम्मेदवार श्याम पटेललाई युवादेखि बृद्धसम्मका मतदाताले आफनो दैलोमा स्वस्फूर्त रुपमा स्वागत गर्दै समर्थन जनाइरहेका छन् ।

बुधबार बहुदरमाइ नगरपालिकाको वडा नम्बर ४ नगरदाहामा आयोजित चुनावी घरदैलोका क्रममा मतदाताहरुले दुवै उम्मेदवारलाई टिका नै लगाएर जितको आशीर्वादसमेत दिए ।

चौसियालाई टिका लगाएर जितको आशीर्वाद दिदै स्थानीय ८० बर्षका बृद्ध शीव चन्द्र रामले भने, ‘यसपालि हामीलाई विकासप्रेमी र हाम्रो दुखसुखमा संगै रहने नेता चाहिएको छ, यसअघि जितेका नेता त चुनाव पछि गाँउ फर्किएर मुख पनि देखाउन आएनन् । ’

चौरसिया विगतमा पदमा रहँदा होसु वा नरहँदा होस् हरेक दु:खसुखमा जनताको माझमा नै बस्दै आएको र क्षेत्रको विकासका लागि पनि लागि परेको नेता भएका कारणले यसपालि उनको जित सुनिश्चित भएको रामले बताए ।

चौरसियासँगै यसपालि प्रदेशसभा सदस्यको उम्मेदवारमा युवा नेता पटेललाई पनि पाएकाले पटेल प्रति पनि गाँउका जनताको लहर रहेको रामले बताए । उनले भने, ‘अरु सबै पार्टी खतम छन्, यो देशका लागि केहि गर्ने पार्टी भनेकै काँग्रेस रहेछ, त्यस कारण हाम्रो भोट काँग्रेसलाई नै जान्छ ।

मातदाताको स्वागत र समर्थनले आफुलाई झन् उत्साहित बनाएको प्रतिनिधीसभा सदस्यका उम्मेदवार चौरसियाले बताए । उनले भने, ‘अबका जनता  सचेत भइसकेका छन्, मिठामिठा भाषण दिने नेता होइन काम गरेका र गर्ने नेता जनताको रोजाइमा छन्, म काम गरेको र गर्ने मान्छे हु भन्ने जनताले बुझेका छन् ।’

प्रदेशसभा सदस्यका उम्मेदवार पटेलले पनि जनताबाट पाइरहेको आत्मीयता र सद्भावले उर्जा थपिदै गएको प्रतक्रिया दिए । उनले भने, ‘आजसम्म म कुनै पदमा थिइन, तै पनि जनताको पिरमर्कामा सकेको जति साथ दिँदै आएँ, त्यसैको मूल्यांकन जनताले अहिले गरेर अपार माया दिइरहेका छन्, चुनावमा पनि यसको रिजल्ट मैले पाउनेमा विश्वस्त छु । ’

बुधबारको चुनावी घरदैलो कार्यक्रममा बहुदरमाइ नगरपालिकाका पूर्वमेयर नितेन्द्र साह, नेता पन्नालाल साह लगायतको पनि सहभागीता थियो ।

Leave A Reply

Your email address will not be published.