राष्ट्रियसमाचार

विश्व हिन्दू परिषद् नेपाल कञ्चनपुरद्वारा थारू गुरुवा, भगत, भर्रा, भलमनसा सम्मान कार्यक्रम सम्पन्न

कञ्चनपुर

विश्व हिन्दू परिषद् नेपाल कञ्चनपुरद्वारा थारू गुरुवा, भगत, भर्रा, भलमनसा सम्मान कार्यक्रम सम्पन्न गरिएको छ । थारु संस्कृति रक्षार्थ विशिष्ट योगदान पु¥यानु हुने व्यक्तित्वहरुलाई परिषद्ले समय–समयमा सम्मान गर्दै आएको छ । यस पूर्व कैलालीका थारु अगुवाहरुलाई सम्मान गरिएको थियो ।

कञ्चनपुरको बेलौरी नगरपालिका स्थित उद्योग बाणिज्य संघको सभाहलमा मंगलबार आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथि पूज्य श्री लक्ष्मण भारती ९बालक बाबा० एवं अतिथिगण श्री देवी भारती, श्री हर्केश विष्ट, श्री राजु चौधरी, श्री बेचनलाल चौधरी, गिरीलाल चौधरी, क्षमानन्द राना, साथिराम राना लगायत थारु अगुवा एवं परिषदका राष्ट्रिय संगठन सचिव श्री प्रल्हाद कुमार सहित स्थानीय कार्यकर्ताहरु समेतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा वक्ताको रुपमा बोल्दै थारू अगुवाहरुले थारू समुदायमा फैलिदै गएको ईशाइकरणले मौलिक थारु संस्कृति समाप्त पार्दै गएको भन्दै आक्रोश व्यक्त गरे । थारु संस्कृति संरक्षणको लागि ईशाइकरण रोक्न अपरिहार्य रहेकोले समस्त थारू समुदायलाई संगठित हुन आह्वान समेत गर्नु भएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button