वृद्धवृद्धा र अशक्त व्यक्तिको लागि पालिका अध्यक्ष चढ्ने गाडीलाइ भता लिन आउने जानेमा प्रयोग

109

वीरगन्ज, ०८ भाद्र

पर्साको बिन्दबासिनी गाउँपालिकाका अध्यक्ष प्रमोद तिवारी जनता माझ लोकप्रिय बन्दै गएका छन् । उनले चुनावी घोषण पत्र अनुसार काम काज गर्दै जनताको मन जित्न सफल भएका छन् । अध्यक्ष तिवारीले घोषणा गरे अनुसार गाउँपालिकाको गाडीलाई वृद्धाको भता लिन आउने जाने वृद्ध वृद्धा र अशक्त व्यक्तिको लागि चलाउन थालेका छन् । अध्यक्ष तिवारीको निर्देशनमा आइतबार देखि नै पालिका भरिका वृद्ध वृद्धा र अशक्त व्यक्तिका लागि गाडी प्रयोग गरिएको छ । पालिकाको बहुवर्वा स्तिथ रहेको बैंकमा आउन जान अफ्ठयारो हुने गरेकोमा पालिका अध्यक्ष तिवारी चढ्ने गाडीलाइ भता लिन आउने जानेमा प्रयोग गरिएको पलिका प्रमुख प्रशासकीया अधिकृत राजु साहले जनाकारी दिएका छन् । पालिकाको गाडी गाउँ गाउँमा गई वृद्ध वृद्धा र अशक्त व्यक्तिलाई ल्याई बैंक सम्म पुर्याई र भता पाई सकेपछि फेरि घर घरमा पुर्याउने गरेको एक जना वृद्धले बताए । साथै पहिला हामीलाइ आउन जानमा धेरै समस्या हुन थियो ।

कहिले सवारी पाए भाडा बढी लिने त कहिले सवारी साधन नपाए आउन जान्न दिन भरी लाग्ने गरेको उनले बताए । अहिले गाउँपालिका अध्यक्ष तिवारीले गरेको काम प्रति हामी सन्तुष्ट छौ । सानो कद र ठुलो सोच बोकेका काम गर्न फूर्तिलो र जाँगरिलो देखिएका गाउँपालिकाका अध्यक्ष तिवारीले छोटो समयमै जनताको मन जित्न सफल भएका छन । उठेदेखी रात परेसम्म जनताको सेवामै लागेकोले अध्यक्ष तिवारीको काम गर्ने शैली प्रति कुनै गाउँबासीको गुनासो छैन । काम लिएर आउने जो सुकै सेवाग्राहीको आदर पूर्वक गुनासो सुन्ने र हुने कुरा तत्कालै सम्बोधन गर्ने उनको आद्त छ । बिकासको कुरामा सवै सचेत र प्रबुद्ध बर्गको उनलाई सहयोग र समर्थन छ । केही सिमित ब्यक्तीले बिरोध गरेपनी उहाँको बिकास अगाडि बिरोधिको बिरोध झुकेको छ । काम गर्ने शैलीमा अध्यक्ष तिवारी माथि राजनितिक पूर्वाग्रह देखिदैन ।

गाउँपालिकाका केही जानकार युवाहरूका अनुसार यस्तै गरि जाने हो भने उहाँको लोकप्रियता अझ चुलिदै जान्छ । विकास प्रेमी अध्यक्ष भएर काम गरिरहेकोले होला तिवारीलाई गाउँबासीले लोकप्रिय र बिकास पुरुस अध्यक्षको नामले चिनिन्छ । काम गर्ने शैलीले उहाँको कार्य क्षमताको चौतर्फी प्रशंसा भएको बताए । छोटो अवद्यीमा धेरै कामहरु गरेर उहाँले जनताको मन जित्नु भएको अर्का स्थानियको भनाई छ । शिक्षा, स्वास्थ्य, सडक निर्माण, कृषी लगायतका बिकास निर्माणका कार्यमा यो प्रगती देखिएको छ । आफ्नो ५ बर्षे कार्यकालमा विकशित गाउँपालिका बनाउने उनले प्रण गरेका छन । अध्यक्ष तिवारी भने जनहित हुने काम गरेर देखाउने छु ।

यो मेरो सपना हो । गाउँपालिकाबाट प्रवाह हुने सेवा प्रवाहलाई थप चुस्त, दुरूस्त बनाउनको लागि अनलाईन सेवा विस्तार गरिएको छ ।, सामाजिक सुरक्षा भत्तालाई थप व्यवस्थीत बनाउनका लागि फेरि एउटा बैंकको घुमती सेवा सञ्चालन गर्ने , न्यून जनशक्ति तर अधिक विकासका काम वीच देखिएको असमझदारीलाई कम गर्न सफ्टवेयर मार्फत योजनाको सम्पूर्ण काम गर्न गर्ने कार्यक्रम ल्याइने । प्रत्येक वडाका खोला किनार वा ब्यब्स्थित ठाउँमा दाह संस्कार गर्ने सुबिधा समपन्न समसान घाट बनाउने पुजा पाठ गर्न मन्दिर, मस्जिद, घाटको सौन्दर्यकरन र बिकासमा जोड दिने थप योजना छ ।

त्यस्तै आगामी आ.व. देखि गाउँपालिकालाई व्यवस्थित ग्रामिण सहरको रूपमा रूपान्तरण गर्न प्रत्येक वडामा कम्तिमा ३ किलोमिटर वृक्षारोपण सहितको कालोपत्रे गर्ने, साना र टुक्रे योजनालाई निरूतसाहित गर्दै ठूला प्रकृतीका योजनामा लगानी गर्ने , खेती गर्ने किसानलाई नयाँविरूवा तथा प्राङगारिक मलमा सहयोग गर्ने उनले बताए । आगामी दिनमा सबैको समस्या समाधान गर्दै गुनासोरहित गाउँपालिका बनाउनेतर्फ आफू गम्भीर रहेको बताए । गाउँपालिकामा दरबन्दी अनुसार कर्मचारी छैनन् उनले भने, कर्मचारी अभाव भए पनि जनताको काम र विकास निर्माणमा असर पु–याएका छैनौँ। आगामी दिनमा सबै समस्या समाधान गर्ने गरी गाउँपालिकाको तर्फबाट योजना निर्माण गरिरहेका छौँ ।

Leave a comment