अपराध

नक्कली नोट सहित ३ जना पक्राउ

नेपालगन्जमा नक्कली नोट सहित ३ जना पक्राउ परेका छ्न ।  मंगलबार  साँझ १७:३० बजेको समयमा जिल्ला बाँके नेपालगंज उ.म.न.पा.वडा नं. ४ न्युरोड स्थित नक्कली नोटको कारोबार भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा तालुक लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ र यस कार्यालय बाट खटिएको प्रहरी टोलीले निम्न मानिसहरुलाई नेपाली रु १,०००।- दरको नक्कली नोट रु ५,६९,०००।- सहित पक्राउ गरी आवश्यक अनुसन्धान अघि बढी रहेको पत्रकार सम्मेलनमा जनाएका छ्न ।
पक्राउ ब्यक्तिको विवरण :-
१. जिल्ला अछाम तुर्माखाद गा.पा.वडा नं.३ बस्ने वर्ष ३७ को दिपक वि.सी.
२. जिल्ला सल्यान बनगाड कुपिण्डे न.पा.वडा नं.५ बस्ने वर्ष ३० को मोहन राना
३. जिल्ला बाँके कोहलपुर नगरपालिका वडा नं.११ बस्ने वर्ष ३२ को मोहन कुमाई

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button