श्यामल कुमार गिरी
०५ जेष्ठ बारा । बारा जिल्लाको वर्तमान जिल्ला समन्वय समितिका संयोजक र सहसंयोजक दुवै जना
वडा सदस्यमा निर्वाचित भएका छन ।
समन्वय समितिका वर्तमान संयोजक नवलकिशोर
सिंह देवताल गाँउपालिको वडा नम्बर ४ वाट वडा सदस्यमा निर्वाचित भएका हुन त्यसै गरि निवर्तमान सहसंयोजक पवन कुमार ब्याहुत कलैया उपमहानगरपालिका वडा नम्बर ४ वाट निर्वाचित भएका छन ।
उनी दुवै जनालाई फेरिपनि समन्वय
समितिमा चुनाव लडने ढोका भने खुली सकेको बारा नागरिक समाजका अध्यक्ष
उमेशलाल दासले भने । सिह लोकतान्त्रिक समाजवादी पार्टीबाट र ब्याहुत जनता
समाजवादी पार्टीबाट निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत खिलनाथ
रेग्मीले जानकारी गराए ।
बारामा १६ वटा स्थानिय तह रहेको छ । समन्वय
समितिको निर्वाचनमा जिल्ला भरीबाट ३२ जना मतदाता भाग लिन पाउने छ ।