देवताल गाउँपालिकामा नेपाली काँग्रेसको प्रथम विजयी

346

०५ जेष्ठ बारा । बाराको देवताल गाउँपालिका वार्ड ४ मा नेपाली काँग्रेसका उम्मेदवार ललन कुमार यादव निर्वाचित भएको छ।

विजयी उम्मेदवार ललन कुमार यादवले ४ सय ४४ मत प्राप्त गरेको छ। उनका निकटतम प्रतिस्पर्धिहरु लोसपा उम्मेदवार तथा निवर्तमान वडा अध्यक्ष मिश्री सहनीले ३ सय ९६ र नेकपा एकिकृत समाजवादी का कौशल सिंहले ३ सय १० मत प्राप्त गरेका छन्।

देवताल गाउँपालिकाको १ र ५ नम्वर वडा अहिले सम्म गनिसक्दा मेयरमा जसपाका उदय यादवले ३ हजार ५३ , लोसपाका चन्दन सिंह २ हजार २ सय ८० र नेपाली कांग्रेसका हरिलाल यादव (बाच्चु बाबा )को १ हजार ३ सय ६१ मत प्राप्त गरेका छन्।

उप–मेयरमा भने जसपाकी सितापति देबी यादवले ३ हजार १ सय २७ , लोसपाकी रामपती देवीले १ हजार ८ सय १० र नेपाली कांग्रेसकी उर्मिला देवीले १ हजार ३ सय २७ मत प्राप्त गरेकीछिन्।

Leave A Reply

Your email address will not be published.