Uncategorized

बाराको देवताल गाउँ पालिकामा आचारसंहिताको उलंघन

श्यामल गिरि
बारा / देवताल २९ बैशाख
बाराको देवताल गाउँपालिकामा आचारसंहिता उलंघन भएकोछ।
निर्वाचन आयोग द्वारा जारी गरिएको मौन अवधीमा सभा,गोस्टी ,सोस्ल मिडिया लगायतको माध्यम बाट मतदातालाइ लोभ ,लालच,भ्रममा पार्न कुनै किसिमको गतिविधि नगर्न निर्देशन भए तापनी देवताल गाउँ पालिका वार्ड न:- ४ मा मौन अवधिको बेला एउटा समुदायलाई नै बसाइ भ्रम र लोभमा पार्न बैठक बसिरहदा गोप्य सुचनाको अधारमा पुगिदा समाजको बैठक राती २:३० बजे बसेको हुदा रिपोर्टिङ गर्न जादा संचारकर्मिको क्यामरा ( मोबाइल ) नै फुटाएर दादागिरी शैली प्रस्तुत गरेकाछन।
त्यहा पुग्न अगि नेपाल प्रहरी देवताल र शास्त्र प्रहरी दक्षिण झिटकहिया को टोलि र संचार कर्मी दुवै जादा त्यहाँ कानु समाजका केहि अगुवाहरु र बारा जिल्ला समन्वय समितिका अधक्ष्य नवलकिशोर सिंह र देवताला गाउँपालिका वार्ड न: ४ का पुर्व वार्ड अध्यक्ष मिश्रीलाल सहनी र वार्ड न: ५ का वार्ड अध्यक्ष लखीन्द्र प्र. यादव र लोसपा पार्टीको कार्यकर्ताहरुले मौन अवधिको बेला २:३० बजे दादा

गिरी शैलीमा धाक देखाई वार्ड न: ४ पुर्व वार्ड अध्यक्षको छोरा अकाश सहनीले क्यामरा बन्द गर भन्दै मोबाइल तल्ल झरेको र प्रहरीको सामु हातपात पनि गरे ।
सम्बन्धित निकायको ध्यानाकर्षण होस भनी पिडित संचार कर्मी र आम जनको आस्था रहेको कानुन सम्बत कानुनी उपचार होस भनी आग्रह गरेकाछन।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button