बाराको देवताल गाउँपालिकामा लोसपा लाई पछाडी पर्दै जसपा को जित

264

२ जेष्ठ बारा । बाराको देवताल गाउँपालिका वार्ड अध्यक्षमा जनता समाजवादी पार्टीका उम्मेदवार अरुन सिंहले विजयी भएका छन् ।

सिंहले ४०६ मत ल्याएर विजयी भएका हुन् । उनी जसपाका जिल्ला सदस्य समेत छन् । उनका निकटम प्रतिस्पर्धी लोसपा बाट बुलेट सिंहले २५६ मतले दोस्रो स्थान पाएका छन् ।

यस्तै तेस्रो नेकपा एमाले बाट २०९,चौथो नेकपा मावोबादी केन्द्र बाट १६८ पाएका छन् ।

०७४ को निर्वाचनमा देवताल गाउँपालिका वार्ड अध्यक्षमा नेकपा माओवादी केन्द्रका पानालाला साह विजयी भएका थिए । तर यो निर्वाचनमा नेकपा मावोबादी केन्द्रले चौथो स्थानमै सिमित रहे ।

Leave a comment