मधेससमाचारस्थानीय

सिंगारवनमा पहिलो पटक बज्जिका वक्तृत्वकाला प्रतियोगीता

कार्तिक १६ रौतहट ___  रौतहटको गढीमाई नगरपालिका वार्ड नंं ६ सिंगारवनको आर्दश आधारभुत विद्यालयमा पहिला पटक बज्जिका भाषामा वक्तृत्वकाला प्रतियोगता सम्पन्न भएको छ । बज्जिका विकास केन्द्र नेपाल गढीमाई ६ सिंगारवनद्वारा संचालित बज्जिका एफ. एम. ९९.४ मेगाहर्ज माधावनारायण वार्ड नं. ६ माधोपुरको आयोजना सम्पन्न हाजिरी जवाफ तथा व्यक्तित्वकाला प्रतियोगता भव्य रुपमा सम्पन्न भएको हो ।

सम्पन्न हाजिरी जवाफ प्रतियोगितामा अन्मोल यादवको नेतृत्वमा रहेको काली समुहका अभिषेक यादव, विभा यादव,रंजित यादव, निखिल यादल लगायतले प्रथम, सुनिल यादवको नेतृत्वमा रहेको सरस्वती समहुका अर्चना यादव, अनिश यादव, अनोज यादव र अमित यादव लगायतले दोश्रो र कृष यादवको नेतृत्वमा रहेको जग्दम्वा समहुका घनश्याम ठाकुर, मदन यादव, विजय यादव लगायतले तेश्रो स्थान प्राप्त गरेका थिए । प्रतियोगितामा गाउँका कक्षा ८ देखि १२ कक्षा सम्म अध्ययनरत बालबालिकाहरुको ६ ओटा समुह सहभागी रहेको थियो भन्ने प्रत्येक समुहमा ५ जना सहभागीहरु थिए ।

त्यस्तै बज्जिका भाषाको वक्तृत्वकाला प्रतियोगितामा सहभागी १२ जानामा प्रथम अभिषेक यादव, दोश्रो अनिष यादव र काजल यादवले तेश्रो स्थान हासिल गरेको थिए । कार्यक्रम बज्जिका एफ.एम.का प्रवन्धक दिनेश यादव संगमको अध्यक्षता तथा आर्दश आविका प्रधानाध्यापक केदार यादव, मा वि विरनगराका प्रधानाध्यापक मुकेश यादव, आईविए स्कुल गौरका प्रधानाध्यपक संतोष पौडेलको विशेष उपस्थिति रहेको थियो भन्ने कार्यक्रमलाई संचालन उच्च मावि गरुडा तथा सिंगारवन वासी शिक्षक शिवशंकर झा, शिक्षक भाग्यनाराण यादवले गर्नु भएको थियो ।

कार्यक्रममा रौतहट टुडेका जितेन्द्र दास, पत्रकार ओमप्रकाश यादव बज्जिका एफ एमका अध्यक्ष राहुल कुमार पाण्डेय रेड टिभिका चंचन पटेल, राजन झा लगायत गाउँका रामविनय यादव, श्याम सुन्दर यादव, राजनारायण यादव लगायतका समाजसेवी आमनागरिकहरुको बाक्लो उपस्थिति रहेको थियो । आयोजकले विजेताहरुलाई मेडल सहित पुस्कारी वितरण गरेको हो । यस्ता कार्यक्रमले बालबालिकाहरु भित्रको प्रतिभा प्रदर्शन गर्न आत्मबलमा मदत पुग्ने सहभागीहरुको भन्नाई रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button