समाचार

एसियन गेम्स पुरुष क्रिकेटमा नेपालको विजयी सुरुवात, अफगानिस्तान पराजित

जापानमा भइरहेको २०औं एसियन गेम्स पुरुष क्रिकेटमा नेपालले विजयी सुरुवात गरेको छ ।

शुक्रबार नायोगामा भएको खेलमा नेपालले अफगानिस्तानलाई पाँच विकेटले पराजित गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्ता १०२ रनमा समेटिएको थियो । 

जवाफी ब्याटिङमा आएको नेपालले १७.२ ओभरमा १०३ रन बनाउँदै पहिलो जित दर्ता गरेको हो । नेपाललाई जित दिलाउन सन्दीप जोरा, रोहितकुमार पौडेल र दीपेन्द्रसिंह ऐरीले महत्वपूर्ण भूमिका खेले । बलिङतर्फ कुशल भुर्तेल र ललित राजवंशी चम्किएपछि १२ वर्षपछि नेपालसँगको भेटमा अफगानिस्तान पराजित बन्न पुग्यो ।

नेपालले अफगानिस्तानलाई दोस्रो पटक पराजित गरेको हो । यसअघि नेपालले सन् २०१४ मा अफगानिस्तानलाई ९ रनले पराजित गरेको थियो । त्यसअघि सन् २०१२ मा एकपटक र सन् २०१३ मा नेपाल दुईपटक पराजित भएको थियो ।

नेपालको ब्याटिङतर्फ सन्दीप जोारले रनआउट हुनुअघि ३५ बलमा चीन चौका र एक छक्कासहित ३४ रन बनाए । पूर्वकप्तान रोहितकुमार पौडेल ३३ रनमा अविजित रहे । उनले ३२ बलमा चार चौका प्रहार गरे । कप्तान दीपेन्द्रसिंह ऐरीले पनि १८ बलमा १५ रनको योगदान गरेका थिए । यसअघि नेपालको पनि सुरुवात कमजोर रह्यो ।

ओपनरद्वय कुशल भुर्तेल डकआउट भए । आसिफ शेख २ रन बनाएर पेभिलियन फर्किएका थिए । कुशल मल्ल पनि ९ रन बनाएर आउट हुँदा सन्दीप जोरा र रोहितले सम्हालिँदै ठूलो साझेदारी गरे ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button