समाचार

भारी वर्षाको जोखिमपछि मिथिला बिहारीका विद्यालयमा शुक्रबार बिदा

जनकपुरधाम, ९ असोज । सम्भावित भारी वर्षा र त्यसबाट हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै धनुषाको मिथिला बिहारी नगरपालिकाले नगर क्षेत्रका सम्पूर्ण विद्यालयमा शुक्रबार एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

नगरपालिकाले एक सूचना जारी गर्दै असोज ९ गते शुक्रबार नगर क्षेत्रभित्र सञ्चालित सबै सामुदायिक तथा संस्थागत (निजी) विद्यालय बन्द रहने जनाएको हो।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको वर्षासम्बन्धी पूर्वतयारी निर्देशन र शिक्षा विकास तथा समन्वय एकाइ धनुषाको अनुरोधका आधारमा बिदा दिइएको नगरप्रमुख राजेन्द्रप्रसाद यादवले जानकारी दिए। बिदाको अवधिमा विद्यार्थी, शिक्षक तथा अभिभावकको सुरक्षालाई प्राथमिकता दिँदै सम्भावित दुर्घटना र जोखिम न्यूनीकरणका लागि यो कदम चालिएको उनको भनाइ छ।

नगर कार्यपालिकाको कार्यालयले सूचना जारी गरी आफ्ना मातहतका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई उक्त निर्णय पूर्ण रूपमा कार्यान्वयन गर्न निर्देशन दिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button