समाचार

वीरगन्ज–पथलैया सडकखण्डबाट ८० ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ

वीरगंज पथलैया सडकखण्ड अन्तर्गत बाराको जितपुरसिमरा उपमहानगरपालिका–५ बकुलियास्थित ८० ग्राम ब्राउन सुगरसहित दुई जना लाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ।

सशस्त्र प्रहरी मधेश प्रदेश कार्यालय बर्दिवासका अनुसार विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल, नेपाल इन्टेलिजेन्स ब्युरोको टोलीले बिहीबार साँझ वीरगन्जबाट पथलैयातर्फ जाँदै गरेको मोटरसाइकल चेकजाँच गर्दा उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा पर्साको सखुवाप्रसौनी गाउँपालिका–४ सोलखपुरका २८ वर्षीय हुस्नेन अन्सारी र वीरगन्ज महानगरपालिका–१४ चिनीमिल पिपराका १८ वर्षीय राजनकुमार पासवान रहेका छन्।

उनीहरू सवार मोटरसाइकल जाँच गर्दा करिब ८० ग्राम ब्राउन सुगर  फेला परेको सशस्त्र प्रहरीले जनाएको छ।

उनीहरूको साथबाट तीन थान मोबाइल, प्र.२–०३००९ प ३७५६ नम्बरको कालो–सेतो रंगको हिरो सुपर स्प्लेन्डर मोटरसाइकल, नगद १ हजार १ सय १० रुपैयाँ र एटीएम कार्डसमेत बरामद भएको छ।

सशस्त्र प्रहरीको जितपुरस्थित बेसबाट खटिएको टोलीले पक्राउ गरेका दुवै जनालाई बरामद सामानसहित थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय सिमराको जिम्मा लगाएको सशस्त्र प्रहरी प्रदेश कार्यालयले जानकारी दिएका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button