समाचार

देवताल गाउँपालिका-३ का वडाध्यक्ष कुशवाहाको निधन

 बाराको देवताल गाउँपालिका–३ का वडाध्यक्ष रामकिशोर कुशवाहाको उपचारका क्रममा निधन भएको छ।

केही दिनअघि मस्तिष्कघात (ब्रेन हेमरेज) भएपछि वीरगन्जस्थित एलएस न्युरो अस्पतालमा भर्ना गरिएका कुशवाहाको उपचारकै क्रममा बुधबार निधन भएको परिवारजनले जनाएको हो।

देवताल–३ अमवा गाउँका निवासी कुशवाहाको स्वास्थ्य अवस्था बिग्रिएपछि अस्पतालमा उपचार भइरहेको थियो। उनको स्वास्थ्यलाभको कामना गर्दै आफन्त, स्थानीयवासी, साथीभाइ तथा शुभेच्छुकहरूले निरन्तर स्वास्थ्यलाभको कामना गर्दै आएका थिए।

कुशवाहाको निधनसँगै देवताल गाउँपालिका–३ अमवा गाउँसहित समग्र गाउँपालिकामा शोक छाएको छ। स्थानीयवासी, जनप्रतिनिधि तथा शुभेच्छुकहरूले उहाँको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button