समाचार

सर्लाहीमा १० हजारभन्दा बढी लागूऔषध ट्याब्लेटसहित दुई जना पक्राउ

सर्लाही प्रहरीले १० हजारभन्दा बढी लागूऔषध ट्याब्लेटसहित दुई जनालाई पक्राउ गरेको छ।

हरिवन नगरपालिका–९ स्थित पूर्व जाने बस काउण्टरको पछाडिबाट खटिएको प्रहरी टोलीले बरहथवाबाट नयाँ रोडतर्फ आउँदै गरेको ‘अन टेस्ट’ एफजेड मोटरसाइकल चेकजाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा बागमती नगरपालिका–१० सोल्टी बजारका ४४ वर्षीय प्रदीप महतो र चन्द्रपुर नगरपालिका–१ पौराही टोलका २८ वर्षीय सुरज थापा रहेका छन्।

प्रहरीका अनुसार मोटरसाइकलमा सवार दुवै जनाको बीचमा राखिएको प्लास्टिकको बोरा र झोला खानतलासी गर्दा विभिन्न नाममा रहेको लागुऔषध ट्याब्लेट फेला परेको थियो।

बरामद लागूऔषधमा स्पास गलेनपारा लेखिएको २ हजार १४ पिस, एन्टी कफ लेखिएको ३ हजार ५०६ पिस, मेफ्टल स्पास  लेखिएको १ हजार ५०० पिस र टपेन्टाडोल लेखिएको ३ हजार ५१४ पिस गरी जम्मा १० हजार ५३४ पिस ट्याब्लेट रहेका छन्।

प्रहरीले मोटरसाइकलसहित दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको सर्लाही प्रहरीले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button