भिट्ठामोडबाट नक्कली नोटसहित एक युवक पक्राउ

जनकपुरधाम, ३ असोज । भारत-नेपाल सीमा क्षेत्रअन्तर्गत महोत्तरीको जलेश्वरस्थित भिट्ठामोड नाकामा भिट्ठा थाना प्रहरी र एसएसबीको संयुक्त टोलीले नक्कली भारतीय तथा नेपाली रुपैयाँसहित एक नेपाली नागरिकलाई पक्राउ गरेको छ ।
संयुक्त रूपमा गरिएको कारबाहीका क्रममा पक्राउ परेका व्यक्तिको साथबाट भारतीय ३१ हजार ६१० हजार नेपाली रुपैयाको नक्कली नोट बरामद गरिएको जनाइएको छ ।
पक्राउ पर्नेमा नेपाल, महोत्तरी जिल्लाको रामगोपालपुर निवासी इसराफिल नदाफ, पिता रज्जाक नदाफ, पोस्ट अफिस कस्टम अफिस नजिक बस्ने व्यक्ति रहेको जनाइएको छ ।
प्रहरीका अनुसार घटनाबारे थप कानुनी प्रक्रिया अघि बढाइएको छ । अनुसन्धानका क्रममा बरामद जाली मुद्राको स्रोत, यसको कारोबारमा संलग्न व्यक्ति तथा सम्भावित सञ्जालबारे थप जानकारी संकलन भइरहेको छ ।
घटनासम्बन्धी अनुसन्धान जारी रहेकाले यस कारोबारमा अन्य व्यक्तिको संलग्नता भए-नभएकोबारे समेत प्रहरीले अनुसन्धान गरिरहेको छ ।



