जोहोरमा एनआरएनए क्षेत्रीय समिति सचिव छबिलाल गिरिको सम्मानपूर्वक विदाई

8

जोहोर (मलेसिया)।
गैर–आवासीय नेपाली संघ (NRNA) क्षेत्रीय समिति जोहोरले लामो समयदेखि मलेसियामा सामाजिक तथा संस्थागत गतिविधिमा सक्रिय रहँदै आएका निवर्तमान सचिव छबिलाल गिरिलाई ०७ सेप्टेम्बर २०२५, आइतबार विशेष कार्यक्रममार्फत सम्मानपूर्वक विदाई गरेको छ।

करिब दुई दशकदेखि मलेसियामा रहँदै आएका गिरि २०१७ बाट समितिमा आवद्ध भई सदस्य, युवा संयोजक हुँदै दुई कार्यकालसम्म सचिवको जिम्मेवारी सम्हालेका थिए। समितिलाई श्रमिकमैत्री बनाउन र संस्थालाई सबल बनाउन उनले महत्वपूर्ण भूमिका खेलेको सहकर्मीहरूले स्मरण गरेका छन्।

विदाई कार्यक्रममा समितिका अध्यक्ष वेदना श्रेष्ठको सभापतित्वमा NRNA NCC मलेसियाका वरिष्ठ उपाध्यक्ष नारायण अधिकारी, महिला समाजसेवी सपना गुरुङ, संरक्षक मिमबहादुर गुरुङ, व्यवसायी हरीबहादुर बस्नेतलगायत अतिथिहरूको उपस्थिति थियो।

वक्ताहरूले गिरिको योगदानको प्रशंसा गर्दै आगामी जीवन यात्रामा सफलता कामना गरेका थिए। कार्यक्रममा समितिले उनलाई मायाको चिनो प्रदान गरेको थियो।

गिरिले धन्यवाद ज्ञापन गर्दै सहकर्मीहरूको सहयोगका कारण संस्था यो स्तरमा आइपुगेको बताए। साथै, आफू स्वदेश फर्किए पनि संस्था र प्रवासी नेपाली समुदायलाई आवश्यक परे निरन्तर साथ रहने प्रतिबद्धता व्यक्त गरे।

Leave a comment