काभ्रेका क्यान्सर पीडित सार्कीमान तामाङलाई रु. १ लाख ३ हजार सहयोग

5

काभ्रे, चौरी देउराली।
काभ्रे जिल्ला चौरी देउराली–८ निवासी क्यान्सर पीडित सार्कीमान तामाङलाई उपचार खर्चका लागि रु. १ लाख ३ हजार ५ सय आर्थिक सहयोग हस्तान्तरण गरिएको छ।

सहयोग अभियान काभ्रे कल्याणकारी सेवा समाजको अगुवाइमा नेपाल र मलेसियाबाट संकलन भएको हो। समाजका पदाधिकारी जगत दोङ तामाङ (नेपाल) र भोज दोङ तामाङ (मलेसिया) को पहलमा संकलित रकम आजै समाजका पदाधिकारी तथा स्थानीयहरूको उपस्थितिमा पीडितलाई हस्तान्तरण गरिएको आयोजकहरूले जानकारी दिएका छन्।

सहयोग कार्यक्रममा बोल्ने प्रतिनिधिहरूले सामूहिक सहकार्य र मानवीय भावनाबाट प्रेरित यो अभियानले पीडित परिवारलाई ठूलो राहत दिने विश्वास व्यक्त गर्दै यसलाई प्रेरणादायी कार्यका रूपमा लिएका छन्।

यसबीच, पीडित परिवारले उपचारमा सघाउने सबै सहयोगीप्रति आभार प्रकट गर्दै आगामी दिनमा पनि निरन्तर सहयोगको अपेक्षा व्यक्त गरेका छन्।

सहयोगीहरूको नामावली :
• काभ्रे कल्याणकारी समाज – रु. १६,६८६/-

1. भोज दोङ तामाङ – रु. ३,६७०/-
2. जगत दोङ तामाङ – रु. २,०००/-
3. मिलन शाही ठकुरी – रु. ३,३३६/-
4. छेवाङ पाख्रीन तामाङ – रु. २,५००/-
5. करण मोक्तान तामाङ – रु. ६,८५८/-
6. गणेश थिङ तामाङ – रु. ४,००३/-
7. दावा घिसिङ तामाङ – रु. २,०००/-
8. सबिन सिङ्तान तामाङ – रु. २,०००/-
9. उषा घिसिङ तामाङ – रु. १,५००/-
10. सम्झना तामाङ मोक्तान – रु. २,१११/-
11. तिलोचन गौतम – रु. १,१११/-
12. मङ्गल तामाङ – रु. १,७०१/-
13. मिलन दोङ तामाङ – रु. ३,३६९/-
14. उर्गेन थोकार तामाङ – रु. ५,०००/-
15. नोर्बु दोङ तामाङ – रु. २,०००/-
16. अशिम तामाङ – रु. १,८३५/-
17. संसार घिसिङ तामाङ – रु. ३,००५/-
18. ज्ञानु मोक्तान तामाङ – रु. ५,००५/-
19. नवराज मैनाली – रु. २,०००/-
20. गुणमान मोक्तान तामाङ – रु. ३,३३३/-
21. मिलन मोक्तान तामाङ – रु. १,३२०/-
22. सोनम मोक्तन तामाङ – रु. १,५००/-
23. बिजय दोङ तामाङ – रु. १,०००/-
24. पेमा दोङ तामाङ (ठुलो पर्सिल) – रु. ५,०००/-
25. पासाङ पाख्रीन तामाङ – रु. १६,१५७/-
26. याङ्जु दोङ (जोगमान) – रु. ३,०००/-
27. संग्राम तामाङ – रु. ५००/-

जम्मा रकम : रु. १,०३,५००/- (एक लाख तीन हजार पाँच सय मात्र)

Leave a comment