क्वालालम्पुर। नेपाली राजदूतावास क्वालालम्पुर, मलेसियाको समन्वय र प्रवासी नेपाली मञ्च राष्ट्रिय समिति मलेसियाको टिकट सहयोगमा चितवन खैरहनी नगरपालिका–१२ कपियाका अमिर चौधरी स्वदेश फर्किएका छन्।
चौधरी करिब तीन महिना अघि अध्यागमन विभागको अनुसन्धानका क्रममा पक्राउ परी घर फिर्ती केन्द्रमा रहेका थिए। पारिवारिक अवस्था नाजुक भएकाले स्वदेश फर्काउन सहयोग गर्नुपर्ने अनुरोध आएपछि प्रवासी नेपाली मञ्चले टिकट उपलब्ध गराएको मञ्चका सचिव कृष्ण खड्काले जानकारी दिनुभयो।
राजदूतावासले आवश्यक कागजात तथा स्वदेश फिर्ती प्रक्रिया सहज बनाउन समन्वय गरेको थियो। यसरी दूतावास र मञ्चबीचको सहकार्यमा चौधरीलाई स्वदेश फर्काउन सकिएको हो।