जोहर बारुमा नेपाली सुरक्षा गार्डद्वारा चोर नियन्त्रण, प्रहरीद्वारा सम्मान।

278

जोहर बारु (मलेसिया):= जोहरबारुस्थित एटी गार्डस सर्भिस एसडिएन बिएचडी “AT Guards Security Service” मा कार्यरत नेपाली सुरक्षाकर्मीहरूले चोरीमा संलग्न एक खतरनाक चोरलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन्।

धेरै दिनदेखि स्थानीय बासिन्दालाई आतंकित पार्दै आएको उक्त चोरलाई मलेसियन प्रहरीले चालेको सामूहिक पक्राउ अभियानमार्फत समात्न नेपाली सुरक्षाकर्मीहरू सफल भएका हुन्। यस घटनाले मलेसियामा कार्यरत नेपाली सुरक्षागार्डहरुको निडरता, तत्परता र जिम्मेवारीप्रतिको उच्च प्रतिबद्धता उजागर गरेको स्थानीय प्रहरीको भनाइ छ।

एटी गार्डस सर्भिस एसडिएन बिएचडी “AT Guards Security Service” कम्पनीको संचालक समितिमा स्थानीय नागरिकसंगसंगै गैर आवासीय नेपाली संघ “एनआरएनए” मलेसियाका पुर्व अध्यक्ष , अहिलेका गैर आवासीय नेपाली संघ “एनआरएनए” अन्तर्राष्ट्रिय समन्वय परिषद् आईसीसीका उपाध्यक्ष एवं कुशल नेपाली ब्यावसायी खगेन्द्र न्यौपाने पनि हुन ।

कम्पनीको प्रतिनिधिले सम्मानपत्र ग्रहण गर्नुहुँदै ।

साहसिक कार्यप्रति कृतज्ञता व्यक्त गर्दै जोहरबारु प्रहरी प्रशासनले ती नेपाली सुरक्षाकर्मीहरूलाई प्रशंसा पत्र (Certificate of Appreciation) प्रदान गरेको छ। उक्त सम्मान समारोहमा बोल्दै प्रहरी अधिकारीहरूले भने, “नेपाली सुरक्षा गार्डहरूले देखाएको बहादुरी र जिम्मेवारी प्रशंसनीय छ, यसले सम्पूर्ण मलेसियन स्थानीय समुदाय सुरक्षित महसुस गरेको छ।”

त्यस्तै, स्थानीय मलेसियन समुदायले पनि नेपाली सुरक्षाकर्मीहरूको योगदानको प्रशंसा गर्दै “नेपालीहरू विश्वमा जहाँसुकै पुगे पनि विशेष साहस र इमानदारीका लागि चिनिन्छन्” भन्ने प्रतिक्रिया दिएका छन्।

Leave a comment