एनआरएनए सल्लाहकार एबम जन प्रगतिशील मञ्च एशियाका संयोजक ओलीलाई मलेसियामा स्वागत।

32

मलेसिया :=गैरआवासीय नेपाली संघ राष्ट्रिय परिषद एनआरएनए मलेसियाको नवौं महाधिवेशन तथा तीज विशेष कार्यक्रमको अवसरमा नेपालबाट आएका नेपाली जन प्रगतिशील मञ्च एशियाका संयोजक एबम एनआरएनए आईसिसी सल्लाहकार शनि कुमार ओलीलाई क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थल (KLIA) मा स्वागत गरिएको छ।

स्वागत कार्यक्रममा जन प्रगतिशील मञ्च मलेसियाका अध्यक्ष प्रेम पाण्डे, जनता समाजवादी पार्टी मलेसियाका अध्यक्ष एबम प्रवास विशेष प्रदेश समितिका सदस्य बिनोद कुमार यादव, पत्रकार कृष्ण गुप्तालगायत विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
एनआरएनए मलेसियाको
महाधिवेशन विशेष कार्यक्रम आगामी ३१ अगस्ट २०२५ (आइतबार) क्वालालम्पुरस्थित होटल ग्रान्ड कन्टिनेन्टलमा आयोजना हुने भएको छ। उक्त कार्यक्रमका लागि ओलि मलेसिया पुगेका हुन ।

Leave a comment