राजनीतिराष्ट्रिय

समानुपातिक सूचि सच्याउँदा आरजु राणा र मञ्जु खाँण पछि परे

नेपाली कांग्रेसको समानुपातिक बन्द सूचि हेरफेरका क्रममा सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा र गृहमन्त्री बालकृष्ण खाँणकी पत्नी मञ्जु खाँणको नाम परेको छ।

समानुपातिकको सूचीलाई अन्तिम रुप दिन बसेको कांग्रेस नेताहरुको बैठकले आरजु र मञ्जुको नाम पहिलेको स्थानभन्दा पछि सारेको एक जना पदाधिकारीले जानकारी दिए । तर, कतिऔं नम्वरमा छ भन्ने खुलेको छैन।

यसअघि आरजुको आठौं र मञ्जुको नवौं नम्बरमा थियो । निर्वाचन आयोगमा बुझाइएको समानुपातिकको बन्दसूची सच्याउने आज अन्तिम दिन हो । सूचीमा रहेका कुनै उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा असोज १७ गतेको मिति तोकिएको छ ।

कांग्रेसभित्र समानुपातिक सूचिका विषयमा ब्यापक असनतुष्टि छ। डा. शेखर कोईराला समुहल ४० प्रतिशत हिस्सेदारीको माग गरेका छन्।

कांग्रेसले प्रतिनिधिसभाको समानुपातिक उम्मेदवारको सूचीमा प्रधानमन्त्री देउवा–पत्नी आरजु राणा, गृहमन्त्री बालकृष्ण खाँणकी पत्नी मञ्जु खाँण, तत्कालीन लेखा समितिका अध्यक्ष भरत शाहकी पत्नी अनिता ढुंगाना शाह, वाग्मती प्रदेश सरकारका उद्योगमन्त्री मिलनबाबु श्रेष्ठकी श्रीमती अञ्जनी श्रेष्ठ, प्रधानमन्त्रीका प्रेसविज्ञ गोविन्द परियार, ठगी आरोपमा मुद्दा चलाइएका मेडिकल कलेज व्यवसायी खुमा अर्यालको नाम छ।

यसैगरी, नेपालगन्जका मेडिकल व्यवसायी डा. सुरेशकुमार कनोडिया, व्यवसायी अनिल रुगँटा, कमोड सुब्बा, निर्माण व्यवसायी जगतबहादुर तामाङ, सनत मुर्म, नागरिक्ता विधेयक प्रकरणमा राष्ट्रपति विद्यादेवी भण्डारीको विपक्षमा अन्तर्वार्ता र अभिब्यक्ति दिदै हिडेका पुर्वराष्ट्रपति रामवरण यादवका छोरा डा. चन्द्रमोहन यादवलगायतको नाम समेत समावेश छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button