मधेससमाचारस्थानीय

रामजानकी मठको गेटमा ताल्चा, भगवानलाई १२ घण्टा उपवास राखिएको पुजारीको गुनासो

रौतहट , ०५ साउन
जिल्लाको गौर नगरपालिका ४ टिकुलिया गाउँमा अवस्थित श्री रामजानकी मठमा सोमवार बिहानदेखि मुख्य गेटमा ताल्चा लगाइएको छ। मठ व्यवस्थापन समितिको नेतृत्व परिवर्तनको विषयलाई लिएर स्थानीय धनराज सहनीले गेटमा ताल्चा लगाएको पुजारी रामजी दासले बताए।
दासले आयोजित पत्रकार सम्मेलनमा भने, “समितिमा पटकपटक हेरफेर गर्न मिल्दैन। त्यसको निश्चित प्रक्रिया र समय हुन्छ। तर भगवान करिब १२ घण्टा उपवासमा बस्नुपर्‍यो। भगवान उपवासमा हुँदा म पनि अन्न त्यागेर बसेको छु।”
उनले यो घटनालाई धर्ममाथिको अपमान भन्दै आपत्ति जनाएका छन्। “धनराज सहनीको यस्तो कार्य धार्मिक मर्यादाविपरीत र आपत्तिजनक छ,” दासले भने।
श्री रामजानकी मठ व्यवस्थापन समिति अध्यक्ष कमलेश कुमार चन्द्रवंशीले पछिल्लो १० वर्षदेखि अध्यक्ष पद सम्हाल्दै आइरहेका छन्। उनले बताए अनुसार, मठको न्यून आम्दानीका बाबजुद तीनवटा मठ संञ्चालन भइरहेका छन्।
चन्द्रवंशीले राजनीतिक प्रभावका कारण मठमा सामाजिक र धार्मिक सद्भावमा खलल पुग्ने कार्य भइरहेको आरोप लगाए। “विपक्षी पक्षबाट तीन–छ महिनामा पटकपटक समितिमा हस्तक्षेप गरी ताल्चा लगाउने प्रवृत्ति देखिएको छ,” उनले भने।
यस घटनाका सम्बन्धमा कानुनी प्रक्रिया अघि बढाउने तयारी गरिएको अध्यक्ष चन्द्रवंशीले जानकारी दिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button