चीनको बीआरआई परियोजना माथि फेरी प्रश्न चिन्ह खडा – सम्झौता गरेर गल्ति गर्यो इटली
सम्झौतापछि इटलीमा चीनको निर्यात धेरै गुणा बढ्यो तर इटालीको हकमा त्यस्तो हुन सकेन ।
रोम, एजेन्सी । चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) परियोजना माथि फेरी प्रश्न चिन्ह खडा भएको छ ।
यस पटक इटालीले सम्झौता गरेर धेरै पछुतो मानिरहेको तथा उक्त सम्झौतामा सामेल भएकोमा खेद प्रकट गरेको हो । इटालीले चीनसँग बीआरआईमा सामेल भएर केही हासिल गर्न नसकेको बताएको छ । चीनको कुरा गर्दा, धेरै ठूलो फाइदामा छ । सम्झौता पछि इटालीमा चीनको निर्यात धेरै गुणा बढ्यो । जबकि इटालीको हकमा त्यस्तो हुन सकेन ।
विशेष कुरा के हो भने बीआरआईमा इटालीको संलग्नता चीनका लागि निकै फाइदाजनक थियो, किनभने चीनको यो महत्वाकांक्षी परियोजनामा पश्चिमा मुलुकमध्ये इटाली मात्र संलग्न थियो । यसबाट चीनलाई धेरै फाइदा भयो, किनभने पश्चिमा देशहरूमा पनि यो योजनालाई राम्रो नजरले हेरिरहेका छन भन्ने सन्देश गयो ।
बीआरआईमा इटालीको प्रवेश चीनको लागि ठूलो फाइदा हो
बीआरआई अन्तर्गत चीनले एसियासँगै युरोपका मुलुकसँग सडक मार्गबाट जोडिने योजना बनाएको थियो । यो आयोजना सम्पन्न गर्न उनले ठूलो लगानी समेत गरेका छन् । चीनका लागि यो लाभदायक सम्झौताले व्यापार सँगै राजनीतिक फाइदा पनि पाइरहेको छ । एसिया सँगै युरोपको राजनीतिमा पनि हस्तक्षेप गर्ने अवस्थामा छ ।
इटालीका रक्षामन्त्री गुइडो क्रेसेटो भन्छन्, ‘चार वर्षअघि आयोजनामा आबद्ध हुँदा एउटा पक्षलाई मात्रै फाइदा पुग्छ भन्ने कल्पना गरेको थिएन । परियोजनामा सामेल भएपछि इटालीको निर्यातमा हल्का उछाल आएको छ । जबकि चीनको निर्यात धेरै गुणा बढेको छ । उल्लेखनीय रूपमा, न्गष्मय टोलीको सदस्य हो जुन परियोजनाबाट बाहिरिने विचार गरिरहेको छ ।
बाइडेनलाई भेटेपछि इटालीका प्रधानमन्त्रीले भने चीन जान्छु
अर्को तर्फ अमेरिकी राष्ट्रपति जो बाइडेनलाई भेटेपछि इटालीका प्रधानमन्त्री जर्जिया मेलोनीले आफ्नो सरकारले डिसेम्बर सम्ममा बीआरआई बारे निर्णय गर्ने बताइन् । उनले छिट्टै चीन भ्रमणमा जाने बताए । यो आयोजनाबाट बाहिरिएर पनि इटाली चीनको मित्र बनेको देखेको उनले भन्छिन् । यो परियोजनाले दुई देश बीचको सम्बन्धमा कुनै प्रतिकूल प्रभाव पार्नु हुँदैन । श्रोतः जनसत्ता