Modern technology gives us many things.

पूर्वी युक्रेनमा थप अग्रगति हासिल गरेको रुसी सेनाको दाबी

96

कार्तिक ११ एजेन्सी___ रुसले आइतबार आफ्नो सेनाले पूर्वी युक्रेनमा थप अग्रगति हासिल गरेको र एक महत्त्वपूर्ण युक्रेनी–नियन्त्रित औद्योगिक केन्द्रबाट केही किलोमिटर उत्तरमा रहेको सीमावर्ती गाउँ कब्जा गरेको बताएको छ । थकित र कम सैनिक भएका युक्रेनी सेनाविरुद्ध आफ्नो फाइदा प्रयोग गर्दै मस्कोले महिनौँदेखि युद्धभूमिमा निरन्तर सफलता हासिल गरिरहेको छ,।

“रुसी सेनाका एकाइहरूले इज्माइलोभ्का बस्तीलाई मुक्त गरेका छन्”, रुसी रक्षा मन्त्रालयले दैनिक ब्रिफिङमा भनेको छ । द्वन्द्व सुरु हुनुअघि इज्माइलिभ्कामा दुई सयभन्दा कम जनसङ्ख्या थियो । यो महत्त्वपूर्ण औद्योगिक केन्द्र कुराखोभेबाट आठ किलोमिटर उत्तरमा र कुराखिभ्काको केही किलोमिटर उत्तरमा अवस्थित छ । यहाँ मस्कोले घेराबन्दी गर्ने प्रयास गरिरहेको छ ।

रुसले सीमा नजिकसमेत गरी आफ्ना विभिन्न क्षेत्रमाथि ५१ वटा युक्रेनी ड्रोन खसालेको दाबी गरेको केही घन्टापछि यो घोषणा आएको हो ।रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आइतबार पश्चिमले युक्रेनलाई उहाँको भूमिमाथि लामो दूरीका हतियारहरू प्रयोग गर्न दिए भने मस्कोले ‘जवाफ’ चेतावनी दिनुभयो । “अहिले नै भन्न धेरै छिटो हुन्छ तर निश्चय नै हाम्रो सैन्य विभागले यसबारे सोचिरहेको छ र विभिन्न प्रतिक्रियाहरू प्रस्ताव गर्नेछ”, उहाँले सरकारी टेलिभिजनका एक पत्रकारलाई आइतबार प्रसारित टिप्पणीमा भन्नुभयो ।

युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले महिनौँदेखि आफ्ना पश्चिमी सहयोगीहरूसँग रुसी भूमिभित्र गहिरो क्षेत्रमा लक्षित गर्न लामो दूरीका क्षेप्यास्त्रहरू प्रयोग गर्न अनुमति मागिरहनुभएको छ । उहाँले यस कदमले मस्कोलाई शान्ति खोज्न ‘प्रेरित’ गर्ने तर्क गर्नुभएको छ ।

संयुक्त राज्य अमेरिका र बेलायतले गत महिना यस विषयमा निर्णय आसन्न रहेको सङ्केत गरेका थिए तर पछि पुटिनले नाटोलाई मस्कोसँग ‘युद्धमा’ पार्ने जोखिम रहेको चेतावनी दिनुभएपछि यो कदम स्थगित गरेका थिए । पुटिनले आइतबार पश्चिमले त्यो चेतावनी सुनेको आशा व्यक्त गर्नुभयो । “उनीहरूले मलाई यसबारे केही भनेनन् तर मलाई आशा छ उनीहरूले सुने”, पुटिनले भन्नुभयो ।

Leave a comment