राजनीतिसमाचार

एमालेको केन्द्रीय पार्टी कार्यालयमा खुकुरी भेटिएपछि तनाव उत्पन्न

कार्तिक ११ काठमाण्डौं __ ललितपुरको च्यासलस्थित नेकपा (एमाले) को केन्द्रीय पार्टी कार्यालयमा खुकुरी भेटिएपछि तनाव उत्पन्न भएको छ। शनिबार दिउँसो एमाले सम्बद्ध लोकतान्त्रिक आदिवासी जनजाति महासंघले च्यासलमा बैठक राखेको थियो। बैठकमा असन्तुष्ट पक्षले झोलामा खुकुरी बोकेर ल्याएको अर्को पक्षले आरोप लगाएको छ।

महासंघले पार्टी हितविपरीत काम गरेको र संगठनको अधीनमा नबसेको भन्दै महासचिव पेम्बा भोटेलाई कारबाही गरेको थियो। उक्त निर्णय अनुमोदन गर्नका लागि केन्द्रीय कमिटी बैठक राखिएको थियो। बैठक सुरू हुनुपूर्व नै विवाद सुरू भएर अप्रिय स्थिति बनेको हो। बैठकमा मोर्चा संगठन समन्वय प्रमुख भानुभक्त ढकाल र लोकतान्त्रिक आदिवासी जनजाति महासंघ इन्चार्ज मणि थापा पनि थिए।

दुई पक्षबीच खुकुरी खोसाखोसको स्थिति सिर्जना भएपछि पार्टी अध्यक्ष केपी ओलीको सचिवालयमा तुरून्तै जानकारी पुगेको थियो। ओली आएपछि बैठक सौहार्दपूर्ण रुपमा बसेको थियो। बैठकस्थलमा खुकुरी भेटिएको विषयमा दुवै पक्षले एकअर्कालाई आरोप लगाइरहेको छ। पार्टी कार्यालय परिसरबाट खुकुरी बरामद भएको प्रहरीले पनि पुष्टि गरेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button