अन्तराष्ट्रियसमाचार

जापानमा मध्यावधि चुनाव : सत्तारूढ दल ‘एलडीपी’ लाई बहुमत जोगाउन कठिन हुने अनुमान

कार्तिक ११ एजेन्सी___ जापानमा आज भएको चुनावमा प्रधानमन्त्री शिगेरु इशिबा र उहाँको लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) ले सन् २००९ यताकै सबैभन्दा खराब नतिजाको सामना गर्नुपर्ने सर्वेक्षणहरूले देखाएका छन् । जनमत सर्वेक्षणहरूले परम्परावादी एलडीपी र यसको कनिष्ठ गठबन्धन साझेदारले बहुमतभन्दा कम सिट ल्याउने खतरा देखाएका बीबीसीले जनाएको छ । यसले इशिबालाई सत्ता समीकरणबाट नै बाहिरिनेसम्मको अवस्था ल्याउन सक्ने अनुमान छ ।

सात दशकदेखि जापानमा शासन गर्दै आएको एलडीपीको नेतृत्वका लागि गएको महिना भएको चुनावमा सामान्य बहुमतका साथ निर्वाचित भएपछि पूर्वरक्षामन्त्रीसमेत रहेका ६७ वर्षीय इशिबाले प्रधानमन्त्रीको पदभार ग्रहण गर्दै मध्यावधि चुनावको घोषणा गर्नुभएको थियो । तर विश्वको चौथो ठूलो अर्थतन्त्र भएको जापानमा बढ्दो मूल्यवृद्धि र पूर्वप्रधानमन्त्री फुमियो किशिदाको ख्यातिमा असर पारेको उपहार काण्डले मतदातालाई निराश पारेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button