बिकन माध्यमिक विद्यालयको २९ औ वार्षिकोत्सव कार्यक्रम सम्पन्न

वीरगंज, २८ माघ बिकन माध्यमिक विद्यालयको २९ औ वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ। बार्षिकोत्सव कार्यक्रमका प्रमुख अतिथि वीरगंज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले पानसमा बत्ती बालेर बार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्नु भएको थियो। उद्घाटन कार्यक्रम पश्चात बिकन स्कुलका प्रधानाध्यापक प्रकाश उपाध्यायले स्वागत मन्तव्य राखि कार्यक्रमको सुचारु गर्नु भएको थियो।विभिन्न साँस्कृतिक प्रस्तुति एवम् शैक्षिक प्रर्दशनी समेत गरिएको थियो।…

वीरगंज, २८ माघ

बिकन माध्यमिक विद्यालयको २९ औ वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ। बार्षिकोत्सव कार्यक्रमका प्रमुख अतिथि वीरगंज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले पानसमा बत्ती बालेर बार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्नु भएको थियो। उद्घाटन कार्यक्रम पश्चात बिकन स्कुलका प्रधानाध्यापक प्रकाश उपाध्यायले स्वागत मन्तव्य राखि कार्यक्रमको सुचारु गर्नु भएको थियो।विभिन्न साँस्कृतिक प्रस्तुति एवम् शैक्षिक प्रर्दशनी समेत गरिएको थियो।

बिकन माध्यमिक विद्यालय का प्रधानाध्यापक प्रकाश उपाध्यायले वार्षिकोत्सव कार्यक्रममा वीरगंज महानगरपालिकाका उप-प्रमुख इम्तियाज आलमलाइ मायाको चिन्ह दिएका थिए। मायाको चिन्ह ग्रहण गर्दै उप-प्रमुख इम्तियाज आलमले विधार्थीहरुले बनाएको बिभिन्न किसिमको बस्तुहरु को अवलोकन गर्दै भने उप-प्रमुख आलमले भने आजका विधार्थी भविष्यका कर्णधार हुन र विधार्थीले नै देश निर्माण र समाज निर्माण गर्ने भोलिको कर्णधार हुन तथा अब शिक्षालयहरुले प्राविधिक एवं व्यवहारिक शिक्षामा जोड दिनुपर्नेमा जोड दिँदै बिकन स्कुलले हासिल गरेका उपलब्धीहरुको प्रशंशा गरेका थिए। भनि आफना भनाइ राखेका थिए।

उक्त बार्षिकोत्सव कार्यक्रम वीरगंज महानगरपालिकाका उप-प्रमुख इम्तियाज आलमको प्रमुख अतिथित्व तथा बिकन स्कुलका प्रधानाध्यापक प्रकाश उपाध्याय को अध्यक्षतामा भएको कार्यक्रममा बिशिष्ट अतिथि वीरगंज महानगरपालिका का वडा नं ४ का वडा अध्यक्ष जतत साह कानु, वीरगंज महानगरपालिका वडा नं ३ का वडा अध्यक्ष बैजुलाल स्वर्णकार,वीरगंज महानगरपालिकाका कर्मचारी कमल महतो, वीरगंज महानगरपालिकाका उप-प्रमुखका स्वकिय सचिव शेष हजरा,धर्मराज यादव ,कमल महतो,पत्रकार राहुल गुप्ताको उपस्थिति रहेको थियो।

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *