अन्तराष्ट्रिय

श्रीलङ्कामा घट्यो इन्धनको मूल्य

एजेन्सी । श्रीलङ्काले इन्धनको मूल्य घटाएको छ । विश्व बैंकले यसवर्ष अर्थतन्त्र ९ दशमलव २ प्रतिशतले खुम्चिने चेतावनी दिएपछि सङ्कटग्रस्त देश श्रीलङ्काले इन्धनको मूल्य घटाएको हो ।
ऊर्जा मन्त्रालयले पेट्रोलको मूल्य सोमबार रातिदेखि प्रतिलिटर ४० रुपैयाँले घटाएर ३ सय ७० रुपैयाँ (करिब १.०२ अमेरिकी डलर) कायम गरिएको जनाएको छ।
तर नियमित पेट्रोलको मूल्य गत वर्ष सङ्कट सुरु हुनुअघिको तुलनामा अझै दोब्बर छ भने डिजेलको मूल्य सन् २०२१ को डिसेम्बरको तुलनामा साढे तीन गुणा बढी छ।
श्रीलङ्कामा वैदेशिक मुद्राको अभावसँगै इन्धन खरिदका लागि यस वर्षको सुरुमा सवारी चालकहरूले इन्धन प्राप्त गर्न हप्तौं बिताउनु परेको थियो।
इन्धन अभावसँगै देखिएको आर्थिक सङ्कट र खाद्यान्न लगायतका सामानमा अत्यधिक मूल्यवृद्धिले हप्तौंसम्म चलेको प्रदर्शनमा योगदान पु¥याएको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button