Blog

कर्णाली सरकारसँग छन नौ सय बढी मोटरसाईकल, २३२ कार !

सुर्खेत, १८ भदौ ।
संघीयता स्थापना भएको धेरै समय भएको छैन । यद्यपी गरिब प्रदेशको उपमा पाएको कर्णाली प्रदेशमा रहेका दश जिल्लाका १९८ ओटा भवन संरचनामा नौ सय बीस ओटा मोटरसाईकल रहेको पाइएको छ । 

प्रदेश सरकारसँग रहेको सम्पति मध्ये बस तथा मिनिबस १४ ओटा रहेका छन भने कृषिजन्य सवारी साधनको संख्या २१ रहेको प्रदेश सरकारले जनाएको छ ।

यस्तै, एम्बुलेन्स र शववाहन २१ ओटा भएको ्रदेश सरकारसँग स्कुटर मात्रै एक सय ओटा रहेका छन् । प्रदेश सरकारसँग १०५ ओटा

साईकल हुँदा एक ओटा रिक्सासमेत रहेको कोष तथा लेखा नियन्त्रक कार्यालय सुर्खेतले जनाएको छ ।

यी साधनको मूल्य एक अर्व चार करोड ५२ लाख ७३हजार रहेको छ ।

१९८ संरचनाका लागि १९८ ओटा भवन रहेकोमा त्यसको मूल्य ६५ करोड ८६ लाख ४२ हजार रहेको छ ।

यस्तै, सूचना प्रविधि तथा कम्प्युटर सम्वन्धी उपकरण ५९ करोड १ लाख १ हजारका रहेका छन् । 

जसमध्ये डेस्कटप कम्प्युटर १८ सय २४ ओटा, ल्यापटप कम्प्यूटर÷आईप्याड २६६८ र प्रिन्टर, स्क्यानर र फ्याक्स २९८८ ओटा रहेका छन् ।
 

भदौ २३ गते ’जेन्जी शहीद दिवस’ भन्दै सरकारले दियाे देशभर सार्वजनिक बिदा

काठमाडाैं, १८ भदाैं । सरकारले भदाै २२ गते राष्ट्रिय शाेक दिवस मनाउनेदेखि २३ गते जेनजी शहीद दिवस सम्म मनाउने निर्णय गरेकाे छ ।

 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले सरकारले भदाै २२ गते राष्ट्रिय शाेक दिवस मनाउने देखि २३ गते जेनजी शहीद दिवस सम्म मनाउने निर्णय गरेकाे हाे ।

साथै, सरकारले रसुवा बाढीमा खोज तथा उद्धार कार्यमा खटिएका सुरक्षाकर्मी र राष्ट्रसेवक कर्मचारीलाई जोखिम भत्ता, खाजा खर्च, घाइते भएमा निःशुल्क उपचार तथा मृत्यु भएमा परिवारलाई प्रति मृतक १० लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

 

यस्ता छन् मन्त्रिपरिषद् बैठककाे निर्णय:

१. एसियाली विकास बैंकबाट भोटेकोशी बाढी प्रभावित नागरिकको जीवन रक्षा, तत्काल उद्धार तथा राहतका लागि प्राप्त हुने ५ मिलियन अमेरिकी डलर (५० लाख डलर) अनुदान सहायता स्वीकार गर्ने ।

 

२. रसुवाको भोटेकोशी बाढीबाट प्रभावित व्यक्ति, उद्योग, व्यापार तथा व्यवसायलाई तत्काल सूचारु गर्न ’एकीकृत व्यावसायिक पुनस्र्थापन योजना’ अन्तर्गत राहत, कर तथा महसुल छुट लगायतका सहुलियत उपलब्ध गराउने ।

 

३. साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत कुल २५,००० मेट्रिक टन चिनी १ प्रतिशत भन्सार महसुलमा आयात गर्न स्वीकृति दिने ।

 

४. खोज तथा उद्धार कार्यमा खटिएका सुरक्षाकर्मी र राष्ट्रसेवक कर्मचारीलाई जोखिम भत्ता, खाजा खर्च, घाइते भएमा निःशुल्क उपचार तथा मृत्यु भएमा परिवारलाई प्रति मृतक १० लाख रुपैयाँ राहत उपलब्ध गराउने ।

 

५. २०८३ भदौ २३ गते ’जेन्जी शहीद दिवस’को अवसरमा देशभर सार्वजनिक बिदा दिने ।

 

६. भदौ १० गते रसुवाको भोटेकोशी बाढीमा ज्यान गुमाउनेहरूको सम्मानमा १३ औँ दिनको पुण्यतिथि अर्थात् २०८३ भदौ २२ गते सोमबार राष्ट्रिय शोक मनाउने र सो दिन देशभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने।

७. नेपाल प्रशासन सेवा समूहीकरणतर्फका नारायण प्रसाद भट्टलाई विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गरी कोशी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्य सचिव पदमा पदस्थापन गर्ने।

 

सुरक्षाकर्मी र स्थानिय तहका कर्मचारीको रकम नकाटः रामकुमारी झाक्री

काठमाडौं, १८ भदौं । नेकपा एमालेवाट राष्ट्रियसभा सांसद रामकुमारी झाक्रीले सुरक्षाकर्मी र स्थानिय तहका अधिकारीको तलब नकटाउन अनुरोध गरेकी छिन् ।

 

सरकारले प्रधानमन्त्री दैवी उद्दार कोषमा  राख्न लगाएकोमा असन्तुष्टी जनाउँदै सांसद झाक्रीले सुझाव दिएकी हुन् ।

 

एमालेका सांसदले आधा महिनाको तलव भत्ता प्रम दैवी प्रकोप राहत कोषमा जम्मा गरिसेको र अन्य दलहरूले पनि यस्तो निर्णय गरिसकेको उल्लेख गर्दै सरकारले पनि निजामति  र अन्य सार्वजनिक संस्थानका राष्ट्रसेबक कर्मचारीहरुले पद र तह अनुसार १० दिन सम्मको तलब दिने निर्णय भईसकेको स्मरण गराएकी छिन् ।

 

‘तर, यो बिपदमा परिचालित नेपाली सेना, नेपाल प्रहरी, एपीएफ, राष्ट्रिय अनुसन्धान र डेडिकेटेड रूपमा विपदमा खटिनु भएका निजामतिः प्रदेश  र स्थानीय तहका कर्मचारी साथिहरूलाई सम्मान थप प्रोत्साहनको लागि उहाँहरूको तलव नकटाउ,’ उनले भनेकी छिन, ‘प्रम दैवीप्रकोप कोषमी पैसा हाल्न नलगाउ।

त्रिशुली ३ ए सुरूङको २० मिटर भित्र पुग्यो उद्वार टोली

काठमाडौं, १८ भदौं। रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नुवाकोटस्थित त्रिशूली ३ ए जलविद्युत् आयोजनाको सुरुङ (केबल डक्ट टनेल)को मुख खुलाउने काम भइरहेको छ। 

 

आयोजनाका सुरुङ तथा मुख्य संरचनाहरू बाढीले पुरिएपछि त्यहाँ मानिसहरू फसेको आशंकामा नेपाली सेनाको नेतृत्वमा चिनियाँ टोली र अन्य प्राविधिक गरी ९३ जनाको टोली ५ एक्स्क्याभेटर, कम्प्रेसर र ब्रेकरसहित खोजी तथा उद्धारमा जुटिरहेको छ।

 

सुरुङको मुखमा ४० मिटर लामो र २० मिटर अग्लो भत्केका फलामसहितका संरचना तथा ठूलठूला ढुंगाहरु (डेब्रिस) छन्। रातदिन निरन्तरको प्रयासपछि त्यो पन्छ्याएर माथिबाट ३ फिट जति सुरुङको मुख खुलाइएको छ।

यससँगै उद्धार टोली त्यसभित्र १५-२० मिटर परसम्म पुगिसकेको छ भने एक्स्क्याभेटर तथा मेसिनसहित प्रवेश गर्नका लागि पुरै मुख खुलाउनुपर्ने भएकाले त्यहाँ रहेको बाँकी डेब्रिस हटाउने कार्य जारी छ। थप ७ वटा बोल्डर (ठूला ढुंगा) ब्लास्टिङका लागि तयारी भएको छ।

यो सुरुङ १७० मिटर जति लम्बाइको छ। माटो तथा लेदोले भरिएको त्यो सुरुङ छिचोलेपछि मात्रै भित्र पावरहाउसलगायत अन्य संरचनामा पुग्न सकिनेछ।

धनुषामा झाडीबाट गाँजा बरामद

 

सुभाष कायस्थ

जनकपुरधाम, १८ भदौ । झाडीमा लुकाएर राखिएको ठूलो परिमाणको अवैध लागूऔषध गाँजा धनुषा प्रहरीले बरामद गरेको छ।

 

जिल्लाको नगराइन नगरपालिका–५ स्थित खिरखिरिया जाने भित्री सडक किनारको झाडीबाट प्रहरीले १०७ किलो ९९८ ग्राम गाँजा बरामद गरेको हो।

 

गएराति करिब २:३० बजे उक्त क्षेत्रमा गाँजा लुकाएर राखिएको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लग्मा जटहीबाट खटिएको प्रहरी टोलीले सो गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

 

प्लास्टिकमा बेरिएका नौ वटा पोकामा उक्त गाँजा फेला परेको थियो। बरामद सामग्री जिल्ला प्रहरी कार्यालय धनुषामा ल्याई प्लास्टिक हटाएर तौलिँदा गाँजाको खुद तौल १०७ किलो ९९८ ग्राम कायम भएको प्रहरीको भनाइ छ।

 

घटनामा संलग्न व्यक्तिको पहिचानका साथै गाँजाको स्रोत र गन्तव्यबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) ओमप्रकाश खनालले जानकारी दिनुभयो।

 

धनुषा प्रहरीले अवैध लागूऔषधको ओसारपसार तथा कारोबार नियन्त्रणका लागि निगरानी र कारबाहीलाई निरन्तरता दिँदै आएको छ।

पुलिस स्कुलका विद्यार्थीले गरे खाजा खर्च राहत कोषमा जम्मा, शिक्षकले पनि दिए  १ दिन बराबरको तलब

काठमाडौं, १८ भदौ । नेपाल पुलिस स्कुल शान्तिपुर चितवनमा अध्ययनरत विद्यार्थीले आफ्नो खाजा खर्च कटाएर जम्मा गरेको रकम भोटेकोशी बाढी प्रभावितहरुलाई सहयोग गरेका छन्। 

विद्यालयमा गठन भएको विभिन्न क्लबमा आवद्ध विद्यार्थीहरुको सक्रियतामा कक्षा १ देखि १० सम्म अध्ययनरत विद्यार्थी, शिक्षक कर्मचारी र अभिभावकहरुबाट समेत स्वेच्छिकरुपमा संकलित रकम विद्यार्थीहरुले आज विद्यालय प्रशासनलाई हस्तान्तरण गरेका छन्।
 
प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने उद्धेश्यले विद्यार्थीहरुबाट संकलित रकम ४७ हजार ८ सय ६० रुपैया, शिक्षक कर्मचारीहरुले प्रदान गरेको एक दिन बराबरको तलब वापतको रकम ४२ हजार ९ सय २३ रुपैयाँ र अभिभावकहरुमा समेत संकलित  ५ हजार गरी जम्मा ९५ हजार ७ सय ८३  रुपैयाँ  विद्यार्थीहरुले विद्यालय प्रशासनलाई हस्तान्तरण गरेका छन्।
 
भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावितहरुलाई सबै क्षेत्रबाट सहयोग उपलब्ध भइरहेको देखेर विद्यार्थीले आफ्नो खाजा खर्च बचाएर सहयोग गरेका हुन्। नेपाल पुलिस स्कुल शान्तिपुर चितवनले विद्यार्थीहरुलाई नियमित पठनपाठनका साथै सुरक्षा, शिक्षा, अनुशासन र सामाजिकताको बारेमा समेत बिशेष प्रशिक्षण गर्दै आइरहेकाले विद्यार्थीहरुमा मानवीय सहायता एवम सहयोगी भावनाको विकास भएको विद्यालयका समादेशक प्रहरी निरीक्षक रोशन थापाले जानकारी दिए। 

विद्यार्थीहरूले आफ्नो खाजा खर्च मात्रै संकलन नगरी शिक्षक एवम कर्मचारीका साथै आफ्ना अभिभावकहरुलाई समेत सहयोगको लागि अपिल गरेका थिए।  कतिपय अभिभावहरुले विद्यालय प्रशासनमानै आएरै सहयोग रकम हस्तान्तरण गरेका थिए भने कतिपयले विभिन्न माध्यमबाट प्रधानमन्त्री राहत कोषमा सहयोग उपलब्ध गराएको जानकारी दिएका छन्। 

कक्षा १ देखी १० सम्म गरी सात सय जना विद्यार्थी, ४० जना शिक्षक कर्मचारी र अभिभावकको समेत गरी संकलित ९५ हजार ७ सय ८३  रुपैयाविद्यालय प्रशासनमा प्राप्त भएको हुँदा प्रधानमन्त्री राहत कोषमा जम्मा गरीने विद्यालयका समादेशक प्रहरी निरीक्षक थापाले बताए।
 
विद्यालयले  शिक्षक, अभिभावक र विद्यार्थीलाई समेत विभिन्न समयमा विपदीय जोखीम न्युनिकरण, दुर्घटना न्युनिकरण, कानुनी एवम सुरक्षा सचेतनाका साथै सामाजिक व्यवहार एवम आचरणको बारेमा समेत विभिन्न कार्यक्रम संचालन गर्दै आइरहेको छ। गत भदौ १० गते  नेपाल पुलिस स्कुल शान्तिपुर चितवनले कक्षा ६ देखी १० सम्म अध्ययनरत विद्यार्थीका अभिभावकको निशुल्क स्वास्थ्य परिक्षण गर्नुका साथै एक अभिभावक एक विरुवा वितरण कार्यक्रम संचालन गरेको थियो।

मलेसिया श्रमिक भर्नामा ‘२५ व्यवसायी’को खेल : छानबिन गर्ने रविको प्रतिबद्धता, छनोट प्रक्रियामाथि गम्भीर प्रश्न

काठमाडौं । मलेसियामा नेपाली श्रमिक पठाउने प्रक्रियामा सीमित २५ वटा वैदेशिक रोजगार व्यवसायी संस्थालाई मात्र समेटिएको भनिएको विषय अहिले वैदेशिक रोजगार क्षेत्रमा विवादको केन्द्रमा आएको छ। छनोट प्रक्रिया, मापदण्ड र पारदर्शितामाथि प्रश्न उठेपछि यसको निष्पक्ष छानबिनको मागसमेत चर्किएको छ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष डिकबहादुर खत्री (कुमर) नेतृत्वको प्रतिनिधिमण्डलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेट गरी मलेसियासहित वैदेशिक रोजगार क्षेत्रमा देखिएका समस्या र नीतिगत कमजोरीबारे ध्यानाकर्षण गराएको हो।

प्रतिनिधिमण्डलले विशेषगरी मलेसियामा नेपाली श्रमिक भर्नाका लागि प्रयोग हुँदै आएको FWCMS प्रणालीमार्फत सीमित २५ वटा व्यवसायी संस्थालाई मात्र प्रक्रियामा समेट्ने प्रयास भएको विषयलाई गम्भीर रूपमा उठाएको संघले जनाएको छ।

२५ संस्था छनोटको आधार के हो?

व्यवसायीहरूको मुख्य प्रश्न यही हो—यदि सीमित संस्थालाई मात्र श्रमिक भर्ना प्रक्रियामा सहभागी गराइएको हो भने त्यसको आधार के थियो?

छनोटका लागि कुन मापदण्ड बनाइयो?
कसले मापदण्ड तय गर्‍यो?
छनोट प्रक्रिया कहिले र कसरी अघि बढ्यो?
सबै व्यवसायीलाई समान अवसर दिइयो कि दिइएन?
छनोटमा पारदर्शी प्रतिस्पर्धा भयो कि भएन?

यिनै प्रश्नको स्पष्ट जवाफ खोज्नुपर्ने व्यवसायी संघको माग छ।

संघले प्रक्रियाको आधिकारिकता, छनोटको मापदण्ड, पारदर्शिता, निष्पक्षता र विश्वसनीयता माथि प्रश्न उठाउँदै निष्पक्ष छानबिनको माग गरेको हो।

रविको प्रतिबद्धता : दोषी देखिए कारबाही

संघका अनुसार सभापति रवि लामिछानेले उक्त विषयलाई गम्भीर रूपमा लिँदै निष्पक्ष छानबिनका लागि पहल गर्ने तथा दोषी देखिएका सम्बन्धित व्यक्ति वा संस्थामाथि हदैसम्मको कानुनी कारबाही अघि बढाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

अब मुख्य चासो भनेको लामिछानेको प्रतिबद्धता व्यवहारमा कसरी अघि बढ्छ भन्नेमा केन्द्रित भएको छ।

यदि २५ वटा संस्थालाई मात्र प्राथमिकता दिइएको विषय पुष्टि भयो भने त्यसको निर्णय प्रक्रियामा को–को संलग्न थिए भन्ने प्रश्नसमेत उठ्नेछ। त्यस्तै, कुनै निश्चित समूह वा संस्थालाई फाइदा पुग्ने गरी प्रक्रिया अघि बढाइएको हो भने त्यसको जिम्मेवारीसमेत पहिचान गर्नुपर्ने देखिन्छ।

‘सीमित समूह’लाई फाइदा पुग्ने अवस्था नआओस्

वैदेशिक रोजगार व्यवसायी संघले मलेसियाको श्रमिक भर्ना प्रक्रियामा कुनै पनि प्रकारको एकाधिकार वा सीमित समूहको प्रभाव स्थापित हुन नहुनेमा जोड दिएको छ।

व्यवसायीहरूको भनाइमा श्रमिक पठाउने अवसर केही संस्थामा मात्र केन्द्रित हुँदा त्यसको प्रत्यक्ष असर श्रमिकमाथि पर्न सक्छ। प्रतिस्पर्धा सीमित हुँदा श्रमिक छनोट, सेवा शुल्क, रोजगारीको पहुँच तथा रोजगारदाता कम्पनीसँगको सम्बन्धमा समेत असन्तुलन पैदा हुन सक्ने जोखिम रहन्छ।

नेपालको वैदेशिक रोजगार क्षेत्र ठूलो आर्थिक तथा सामाजिक प्रभाव बोकेको क्षेत्र भएकाले श्रमिक भर्नाको प्रक्रिया पारदर्शी, प्रतिस्पर्धात्मक र समान अवसरमा आधारित हुनुपर्ने व्यवसायी संघको धारणा छ।

अब छानबिनको दायरामा के–के आउनुपर्छ?

मलेसिया श्रमिक भर्नामा २५ व्यवसायीलाई मात्र समेटिएको विषयमा निष्पक्ष छानबिन हुने हो भने केवल संस्थाको सूची हेरेर पुग्ने अवस्था छैन।

छनोटको मापदण्ड, निर्णय गर्ने निकाय, आवेदन प्रक्रिया, योग्यताको आधार, FWCMS मा पहुँच प्रदान गर्ने प्रक्रिया तथा सम्बन्धित सरकारी र निजी पक्षबीच भएको समन्वय समेत छानबिनको दायरामा आउनुपर्ने देखिन्छ।

यसका साथै ती २५ संस्थाले कुन आधारमा अवसर पाए र बाँकी व्यवसायी किन बाहिर परे भन्ने तथ्य सार्वजनिक भएमा विवादको वास्तविकता बाहिर ल्याउन सहज हुनेछ।

श्रमिकको भविष्यसँग जोडिएको विषय

मलेसिया नेपाली श्रमिकको प्रमुख वैदेशिक रोजगार गन्तव्यमध्ये एक हो। त्यसैले त्यहाँ श्रमिक पठाउने प्रक्रियामा देखिने कुनै पनि नीतिगत वा प्रशासनिक विवादलाई सामान्य व्यवसायी विवादका रूपमा मात्र हेर्न नहुने सरोकारवालाहरू बताउँछन्।

श्रमिकको रोजगारीको अवसर, व्यवसायीको समान अधिकार र नेपाल–मलेसिया श्रम सम्बन्धसँग जोडिएको विषय भएकाले सरकारले समेत तथ्यमा आधारित स्पष्टता दिनुपर्ने आवश्यकता देखिएको छ।

अब प्रश्न एउटा मात्रै होइन—मलेसियाको श्रमिक भर्नामा २५ संस्था कसरी छनोट भए? त्यसको निर्णय कसले गर्‍यो? र बाँकी व्यवसायी किन बाहिरिए?

यी प्रश्नको तथ्यसहितको जवाफ आएपछि मात्रै विवादको वास्तविक तस्वीर स्पष्ट हुनेछ।

रविको छानबिन प्रतिबद्धताले अब यही प्रश्नको जवाफ खोज्ने बाटो खोल्छ कि फेरि अर्को राजनीतिक प्रतिबद्धतामै सीमित हुन्छ—त्यो भने आगामी कदमले निर्धारण गर्नेछ।

साउन महिनाको ‘उत्कृष्ट प्रहरी’ बने सई मनोज साह सोनार

बारा, भदौ १८ । जिल्ला प्रहरी कार्यालय बाराले प्रहरी सेवामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई प्रोत्साहन गर्ने उद्देश्यअनुसार प्रहरी नायव निरीक्षक मनोज साह सोनारलाई २०८३ साल साउन महिनाको ‘उत्कृष्ट प्रहरी’ (Best Police of the Month) घोषणा गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले ‘महिनाको उत्कृष्ट प्रहरी छनोट कार्यविधि–२०८३’ बमोजिम सई साहलाई उत्कृष्ट प्रहरी घोषणा गर्दै प्रशंसापत्र तथा पुरस्कार प्रदान गरेका हुन्।

आर्थिक प्रशासन शाखामा दरबन्दी रहेका सई साह हाल प्रहरी चौकी विश्रामपुर–मुसहर्वा, बारामा कार्यरत छन्। प्रहरी चौकीको जिम्मेवारी सम्हाल्दै स्थानीयस्तरमा शान्ति–सुरक्षा कायम गर्ने, नागरिकसँग समन्वय गर्ने तथा प्रहरीको नियमित जिम्मेवारी निर्वाह गर्ने क्रममा देखाएको कार्यसम्पादनको मूल्यांकनका आधारमा उनलाई महिनाको उत्कृष्ट प्रहरी छनोट गरिएको हो।

सम्मानसँगै थपिएको जिम्मेवारी

प्रहरी संगठनभित्र उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई महिनागत रूपमा सम्मान गर्ने अभ्यासले प्रहरी कर्मचारीमा आफ्नो जिम्मेवारीप्रति थप जवाफदेही बन्ने वातावरण निर्माण गर्ने अपेक्षा गरिएको छ।

विशेषगरी सीमावर्ती तथा ग्रामीण क्षेत्रमा प्रहरी र नागरिकबीचको सम्बन्धले सुरक्षा व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेल्ने भएकाले त्यहाँ कार्यरत प्रहरी कर्मचारीको सक्रियता र समन्वयलाई महत्वपूर्ण मानिन्छ।

सई साहलाई सम्मान गर्दै प्रहरी उपरीक्षक कुँवरले आगामी दिनमा समेत प्रहरी सेवाको मर्यादा कायम राख्दै नागरिकको सुरक्षा र सेवामा थप समर्पित भएर काम गर्न शुभकामना दिएका छन्।

‘उत्कृष्ट प्रहरी’ छनोटको सन्देश

प्रहरी कर्मचारीलाई उनीहरूको कामको मूल्यांकनका आधारमा सम्मान गरिनुले संगठनभित्र सकारात्मक प्रतिस्पर्धाको वातावरण सिर्जना गर्ने तथा जिम्मेवारीप्रति थप उत्प्रेरित गर्ने विश्वास गरिएको छ।

एक प्रहरी कर्मचारीले प्राप्त गर्ने यस्तो सम्मान व्यक्तिगत उपलब्धि मात्र नभई नागरिकको सुरक्षा, कानुन कार्यान्वयन र प्रहरी सेवाप्रतिको जनविश्वास बलियो बनाउने जिम्मेवारीसँग जोडिएको सम्मानका रूपमा समेत हेरिएको छ।

सई मनोज साह सोनारलाई प्रदान गरिएको यो सम्मानले आगामी दिनमा उनको कार्यक्षेत्रमा अझ प्रभावकारी, अनुशासित र नागरिकमैत्री प्रहरी सेवा प्रदान गर्ने अपेक्षा गरिएको छ।

जिल्ला प्रहरी कार्यालय बाराले उत्कृष्ट प्रहरी घोषणा गर्दै प्रशंसापत्र तथा पुरस्कार प्रदान गरेको घटनाले कर्तव्यमा अब्बल प्रहरी कर्मचारीको योगदानलाई संगठनले संस्थागत रूपमा सम्मान गर्ने अभ्यासलाई निरन्तरता दिएको देखिन्छ।

समुदाय र विद्यालयमा पुगेर कानुनबारे सचेतना फैलाउँदै पूर्वाञ्चल विश्वविद्यालयका कानून विद्यार्थी

बारा । कानुनबारे आधारभूत ज्ञानको अभावमा नागरिकले आफ्नै अधिकार र कर्तव्यबारे अनभिज्ञ बन्नुपर्ने अवस्था अन्त्य गर्ने उद्देश्यले बाराको प्रसौनी गाउँपालिकामा कानुनी सचेतना अभियान सञ्चालन गरिएको छ। “कानुनी ज्ञान, सचेत समाजको पहिचान” तथा “कानुन जानौँ, सचेत रहौँ” भन्ने मूल नाराका साथ सञ्चालित अभियानअन्तर्गत स्थानीय समुदाय तथा विद्यालयमा पुगेर नागरिक र विद्यार्थीलाई दैनिक जीवनसँग जोडिएका कानुनी विषयबारे जानकारी दिइँदैछ।

पूर्वाञ्चल विश्वविद्यालय, कानुन संकाय, डिनको कार्यालय तथा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको नेतृत्वमा सञ्चालित संस्थागत सुधारमार्फत न्यायमा पहुँच अभिवृद्धि परियोजना (A2J-II) सँगको सम्झौताअनुसार Clinical/Community Legal Education 2026 कार्यक्रमअन्तर्गत अभियान सञ्चालन गरिएको हो।

अभियानमा पूर्वाञ्चल विश्वविद्यालयका B.A.LLB चौथो वर्षका विद्यार्थीहरू ममता यादव, एस. एम. कल्पना, चित्र छाया सहनी र जुली मण्डल सहभागी छन्। विद्यार्थीहरूले प्रसौनी गाउँपालिकाका वडा नं. १ देखि ७ सम्म पुगेर स्थानीय बासिन्दासँग सामाजिक तथा कानुनी समस्यासम्बन्धी जानकारी संकलन गरी त्यसका आधारमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेका छन्।

विद्यार्थी टोलीले प्रारम्भिक चरणमा स्थानीयस्तरमा देखिएका सामाजिक तथा कानुनी समस्या पहिचान गर्न Data Collection गरेको थियो। समुदायको वास्तविक आवश्यकता र समस्यालाई आधार बनाएर प्रभावकारी कानुनी सचेतना प्रदान गर्ने उद्देश्यले तथ्य संकलन गरिएको विद्यार्थीहरूको भनाइ छ।

यसैक्रममा बुधबार प्रसौनी गाउँपालिका–२ स्थित बेङ्गा साह माध्यमिक विद्यालयमा कानुनी सचेतना कार्यक्रम सञ्चालन गरिएको थियो। कार्यक्रममा विद्यार्थीलाई मौलिक अधिकार तथा कर्तव्य, बाल अधिकार, महिला तथा बालबालिकाविरुद्ध हुने हिंसा, साइबर अपराध र लागूऔषधसम्बन्धी कानुनी व्यवस्थालगायतका विषयमा जानकारी दिइएको थियो।

कार्यक्रममा कानुन अदालतमा हुने विवाद समाधानका लागि मात्र नभई प्रत्येक नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको विषय भएकाले सबैले आधारभूत कानुनी ज्ञान हासिल गर्नुपर्नेमा जोड दिइएको थियो।

स्थानीय समुदाय तथा विद्यालय तहमा कानुनी ज्ञानको पहुँच विस्तार गर्दै नागरिकलाई आफ्ना अधिकार, कर्तव्य र कानुनी उपचारका उपायबारे सचेत बनाउने अभियानको मुख्य उद्देश्य रहेको जनाइएको छ। Clinical/Community Legal Education 2026 अन्तर्गत प्रसौनी गाउँपालिकाका विभिन्न वडा तथा विद्यालयमा आगामी दिनमा समेत यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताइएको छ।

राष्ट्रिय सभाका तीन समितिको बैठक आज बस्दै, यस्ता छन् छलफलका कार्यसूची

काठमाडौ, १७ भदौ । सङ्घीय संसद् राष्ट्रिय सभा अन्तर्गतका तीन वटा विषयगत समितिको बैठक आज (बिहीबार) बस्दै छ। आज विकास, आर्थिक मामिला तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो।

बिहान ११ बजे बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदनको मस्यौदामाथि छलफल गर्ने कार्यसूची छ।

यस्तै बिहान ११:३० बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा 'नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३' माथि दफावार छलफल हुनेछ।

त्यस्तै बिहान ११ बजे नै बस्ने सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा भोटेकोशी बाढी प्रभावित क्षेत्रमा भइरहेको उद्धार, राहत तथा विपद् व्यवस्थापनका विषयमा छलफल हुने संसद् सचिवालयले जनाएको छ।