Year: 2026
-

तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । सिराहाको औरही गाउँपालिकामा सञ्चालित ‘साना व्यावसायिक कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रम’ मा भ्रष्टाचार भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित चार जनाविरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ। आर्थिक वर्ष २०७८/०७९ मा माछापालनका लागि सञ्चालित सो कार्यक्रममा कामै नगरी वा तोकिएको मापदण्ड पूरा नगरी झुट्टा बिल भरपाई…
-

एनआरएनए श्रमिकको अभिभावक बन्नुपर्छ : खगेन्द्र न्यौपाने -उपाध्यक्ष एनआरएनए आईसिसि
काठमाडौं, गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई विदेशमा रहेका नेपालीको साझा संस्थाका रुपमा मानिन्छ। संस्थाभित्र व्यवसायी, उद्यमी तथा विभिन्न क्षेत्रमा स्थापित नेपालीको सहभागिता उल्लेख्य भए पनि विदेशमा रहेका लाखौँ नेपाली श्रमिकका समस्या र अधिकारका विषयलाई पनि उत्तिकै प्राथमिकताका साथ सम्बोधन गर्नुपर्ने आवश्यकता छ। एनआरएनएका उपाध्यक्ष तथा वैदेशिक रोजगार विभागका प्रमुख खगेन्द्र न्यौपाने यही विषयलाई संस्थाको महत्वपूर्ण…
-

अविरल वर्षा र पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध
काठमाडौं, १८ भदौ । अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न प्रदेशका मुख्य राजमार्ग तथा सडक खण्डहरू पूर्ण रूपमा अवरुद्ध भएका छन्। नेपाल प्रहरीले आज बिहान ६:३५ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै यात्रुहरूलाई उच्च सतर्कता अपनाउन र सम्भव भएसम्म वैकल्पिक मार्गको प्रयोग गर्न अनुरोध गरेको छ। प्रहरीका अनुसार काठमाडौं-धादिङ सीमास्थित चन्द्रागिरी नगरपालिका-२ चिसापानीमा खसेको…
-

‘स्पाइडर-म्यान: ब्रान्ड न्यु डे’ बन्यो सर्वाधिक कमाउने तेस्रो फिल्म
काठमाडौँ, १८ भदौ । टम हल्यान्ड अभिनीत चलचित्र 'स्पाइडर-म्यान: ब्रान्ड न्यु डे' ले बक्स अफिसमा नयाँ इतिहास रचेको छ। विश्वभरबाट २.३३५ अर्ब अमेरिकी डलर (करिब २ लाख ९५ हजार करोड नेपाली रुपैयाँ रुपैयाँ) कमाइ गर्दै यो चलचित्र इतिहासकै तेस्रो सर्वाधिक कमाइ गर्ने फिल्म बन्न सफल भएको हो। प्रदर्शनमा आएको ३१ दिनभित्रै यस चलचित्रले 'अवतार: द…
-

उपत्यकामा २४ घण्टाभित्र ५२३ चालक कारबाहीमा, मापसे गर्ने ६३ जना
काठमाडौं, १८ भदौ । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सञ्चालित विशेष जाँचका क्रममा ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ५२३ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ। बिहीबार बिहानसम्म गरिएको चेकिङका क्रममा ट्राफिक नियम उल्लङ्घन गर्ने चालकहरू कारबाहीमा परेका हुन्। काठमाडौं उपत्यका ट्राफिक प्रहरी महाशाखाका अनुसार कारबाहीमा पर्नेहरूमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ६३ जना र…
-

हेटौँडाबाट दैनिक १०० ट्रक ग्यास काठमाडौं पठाइने
काठमाडौं, १८ भदौ । पृथ्वी राजमार्ग पूर्ण रूपमा सञ्चालनमा नआउन्जेल हेटौँडाबाट वैकल्पिक सडकमार्फत दैनिक १०० ट्रक एलपी ग्यास काठमाडौं उपत्यकामा पठाउने व्यवस्था सुरु गरिएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बिहीबारदेखि यो व्यवस्था लागू गरिएको जनाएको छ। नेपाल आयल निगम र एलपी ग्यास व्यवसायीसँगको समन्वयमा वैकल्पिक मार्ग हुँदै ग्यास आपूर्ति निरन्तर रहने मन्त्रालयको भनाइ छ।…
-

सर्लाहीमा चार दिनदेखि बेपत्ता १० वर्षीया बालिका मृत फेला
सर्लाही, १८ भदौ । सर्लाहीको धनकौल गाउँपालिका–३, हरकठवाबाट चार दिनदेखि बेपत्ता बालिका मृत अवस्थामा भेटिएकी छन्। स्थानीय रामविनय यादवकी १० वर्षीया छोरी चाँदकुमारी यादवको शव धनकौल–४ स्थित मनुष्मारा खोलामा फेला परेको हो। इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायब उपरीक्षक (डिएसपी) गोपीकृष्ण सुवेदीका अनुसार गत आइतबारदेखि बेपत्ता बालिकालाई परिवार, स्थानीय र प्रहरीले खोजी गर्ने क्रममा बुधबार…
-

रसुवा बाढी : ५९० विदेशीसहित झन्डै चार हजार बेपत्ता, उद्धारमा अन्तर्राष्ट्रिय टोली परिचालन
काठमाडौं, १८ भदौ । रसुवामा आएको बाढीमा ३४ देशका करिब ५९० विदेशी नागरिक अझै बेपत्ता रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। उनीहरूको खोजी तथा उद्धारका लागि नेपाली सेनाको समन्वयमा भारत, चीन, दक्षिण कोरिया र अमेरिकाका विशेषज्ञ टोली फिल्डमा खटिएका छन्। जलविद्युत् आयोजनाका सुरुङमा फसेकाहरूको उद्धारका साथै शव पहिचान र डीएनए परीक्षणमा भारत तथा सिङ्गापुरका फोरेन्सिक टोलीले…
-

काठमाडौं महानगरका भूमिहीन र अव्यवस्थित बसोबासीलाई जग्गाका लागि ३५ दिने सूचना
काठमाडौं, १८ भदौ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको भूमि समस्या समाधान समितिले काठमाडौं महानगरपालिकाभित्रका भूमिहीन र अव्यवस्थित बसोबासीलाई जग्गा प्राप्तिका लागि निवेदन दिन आह्वान गरेको छ। समितिले बिहीबार सूचना जारी गर्दै ३५ दिनभित्र निवेदन पेस गर्न आग्रह गरेको हो। सूचना अनुसार काठमाडौं महानगरपालिकाभित्र बसोबास गरिरहेका भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित…
-

वडाध्यक्षमाथि मोबिल छ्याप्ने वडा सदस्य पक्राउ
स्याङ्जा, १८ भदौ । स्याङ्जाको चापाकोट नगरपालिका–१ का वडाध्यक्ष भूपराज वोस्तीमाथि मोबिल छ्यापेको आरोपमा सोही वडाका ३१ वर्षीय सदस्य सन्तोष थापा मगर पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) रमेशदत्त अवस्थीका अनुसार वडा कार्यालय परिसरमै वडाध्यक्ष वोस्तीमाथि मोबिल छ्यापेपछि थापा मगरलाई नियन्त्रणमा लिइएको हो। घटनामा संलग्नता र कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले…
You May Have Missed














