अन्तराष्ट्रियमलेसिया बिशेषसमाचारसमाज

एकैपटक १३ नेपालीलाई मलेसियाले गर्‍यो निष्कासन

मलेसिया : वैदेशिक रोजगारको प्रमुख गन्तव्य रहेको मलेसियाले नेपालीमाथि ठूलो धरपकड गरेको छ। अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा मलेसिया सरकारले नेपालीमाथि धरपकड गरेको हो।

स्रोतका अनुसार मलेसियाको अध्यागमनले एकैपटक १३ जना नेपालीलाई निष्कासन गरेको छ। उनीहरूलाई यसै साता हिमालय एयरलाइन्स र मालिन्दो एयरलाइन्सको फ्लाइटबाट काठमाडौं फर्काइएको हो।

निष्कासनमा पर्नेमा ओमबहादुर खान, नारायणबहादुर खत्री, सञ्जिव गिरी, अजयकुमार यादव, नवराज तिमल्सिना, वीरबहादुर शाही, रमेशकुमार सिंह, धर्मराज राई, शान्तबहादुर तामाङ, भीमबहादु कुमाल, पूर्णबहादुर पुन, प्रेमकुमार मगर र छमबहादुर विश्वकर्मा रहेका छन्।

वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा लाखौं नेपालीहरू कार्यरत छन्। कोही भिसा प्रक्रिया मिलाएर त्यहाँ पुगेका छन् भने कोही दलालको प्रलोभनमा परेर पनि मलेसिया पुगेका छन्। कतिपय नेपालीहरू राम्रो कामको खोजीमा कम्पनी छाडेर पनि जाने गरेको त्यहाँका नेपालीहरूले बताएका छन्। गैरकानुनी रूपमा बसोबास गर्ने नेपालीहरू नै अध्यागमनको टार्गेटमा पर्ने गरेको उनीहरूको भनाइ छ।

यसअघि पनि मलेसियाले गैरकानुनी रूपमा बसोबास गर्ने नेपालीहरूलाई निष्कासन गर्दै आएको छ। गत चैतमा मलेसियाले एकैपटक २६ जना नेपालीलाई निष्कासन गरेको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button