Modern technology gives us many things.

जन्मदिनमा ईन्दुको उपहार – ह्विलचियर

66

मलेसिया :=एनआरएनए मलेसियाका महिला संयोजक ईन्दु बस्नेत द्वारा दूईवटा ह्विलचियर पिएनसिसि मलेसियालाई सौजन्य गरेकी छीन । उनले आफ्नो जन्मदिनको अवसरमा उपहार स्वरुप संयोजक पूर्ण लिम्बूलाई ३ जनवरी २०२५, सुक्रबारका दिन हस्तान्तरण गरेकी हुन ।

श्रमिक केन्द्रित रहेर पिडीतहरुको उद्धार कार्य गर्दै आएको पिएनसिसिले मलेसियामा स्थपना भएका हरेक संघ-संस्थासंग समन्वय गर्ने गरेको त सर्वविदितै छ त्यसमध्ये एनआरएनएले सेल्टर हाउसको प्रबन्ध गरेपछि त सहकार्य नै गरेको थियो । 

त्यो सहकार्यको अवधिमा एनआरएनएका लागि पिएनसिसिसंग सबैभन्दा बढि समन्वय ईन्दु बस्नेतले गरिन । त्यहिबेला उनले उद्धार गरिएका पिडीत श्रमिकहरुको अवस्था देखिन, उद्धार कार्यमा हुने समस्या बुझिन  विशेष त विरामी अवस्थाका पिडीतलाई उद्धारगर्दाका अप्ठ्यारासंग उनी आफैले सात्क्षत्कार गरिन ।

र, उनले महसुस गरिन कि पिडीतका उद्धारमा नभई नहुने माध्यको एक हो -ह्विलचियर । त्यहि महसुसले उनलाई एउटा महान कार्य गर्न प्रेरित गर्यो । फलस्वरुप आफ्नै जन्मदिनको अवसरमा दूईवटा ह्विलचियर पिएनसिसिको नाममा उपहार दिईन । 

अक्सर जन्मदिनलाई भब्य बनाउने नाममा भड्किलो किसिमको तामझाम गरेर सामाजिक संञ्जाल मार्फत अरुलाई देेखाउने चलनको विकास हुँदै गईरहेको छ । अझ प्रवासमा त झन अनाहकमा खर्च गर्ने प्रतिस्पर्धा जस्तै छ जुन खर्चको न त कुनै महत्व हुन्छ, न त तेसरी भएको खर्चले समाजमा कुनै योगदान नै पुग्छ । 

उसोभए हरेक मान्छेको जीवनमा बर्षमा एकदिन आउने जन्मदिनमा ईन्दू बस्नेतले झै महान कार्य गरेर जन्मोत्सवलाई किन विशेष नबनाउने ?
प्रवासमै भएपनि जन्मदिनको अवसर पारेर उपहार लिने प्रचलनलाई तोड्दै उपहार दिने प्रचलनको सुरुवात गरेकी ईन्दु बस्नेतलाई पिएनसिसि लगायत मलेसियामा कार्यरत सम्पूर्ण प्रवासीको तर्फबाट जन्मदिनको हार्दिक शुभकामना !

Leave a comment