प्रदेश १राजनीतिसमाचारसमाजस्थानीय

चौविसे गाउँपालिका वडा नम्बर ५ प्रवेशद्वार”को उद्घाटन कार्यक्रम सम्पन्न ।

धनकुटा जिल्लाको चौविसे गाउँपालिका वडा नम्बर ५ र ७ को सिमानामा निर्मित “चौविसे गाउँपालिका वडा नम्बर ५ प्रवेशद्वार”को उद्घाटन कार्यक्रम आयोजना गरि प्रमुख अतिथि एवं गाउँपालिका अध्यक्ष राज कुमार चेम्जोङबाट अनावरण गरिएको छ ।

चौविसे गाउँपालिका उपाध्यक्ष, राजारानी ईलाका प्रहरी कार्यलयका प्रहरी निरिक्षक महेश खड्का, गाउँपालिका अन्तरगतका सबै वडाध्यक्ष, विद्यालय प्रधानाध्यापक, जेष्ठ नागरिक, समाजसेवी, बुद्धिजीवी र स्थानियहरुको भब्य उपस्थितिमा अनावरण गरिएको प्रवेशद्वार साविक मौनाबुधुक र बोधेको सिमानामा निर्माण गरिएको हो स्थानिय श्रोत, श्रमदान र देश-विदेशबाट संकलित आर्थिक सहयोगबाट निर्माण गरिएको प्रवेशद्वारको कुल लागत रु १५ लाख रहेको छ । 

पौष १८ गते तदानुसार १ जनवरी २०२५ का दिन अंग्रेजी नयाँ बर्षको अवसरमा आयोजित कार्यक्रमको सुभराम्भमा कन्यकुमारी माता रचना दुलालबाट दीप प्रज्वलन गरिएको थियो भने, याखाहरुको डोकेनी नाच, च्याब्रुङ नाच, तामाङ सेलो साथै विभिन्न संस्कृतिक झाँकीहरु पनि प्रदर्शन गरिएको थियो ।

त्यसैगरि आर्थिक सहयोग गर्नु हुने दाताहरुलाई कार्यक्रमको सभापति समेत रहनु भएका “चौविसे गाउँपालिका वडा नम्बर ५ प्रवेशद्वार” समितिका अध्यक्ष टीकामणी याखाले खादा र सम्मानपत्र सहित सम्मान गर्नु भएको थियो । 

स्थानिय श्रोत र सहभागितामा निर्माण भएको “चौविसे गाउँपालिका वडा नं ५ प्रवेशद्वार”लाई उदाहरणीय कार्यको संज्ञा दिदै कार्यक्रमका प्रमुख अतिथि एवं गाउँपालिकाका अध्यक्ष राज कुमार चेम्जोङले निर्माण समितिलाई बधाई दिदै आगमी दिनमा यस्ता कार्यहरुलाई विकाससंग जोडेर लैजाने प्रतिवद्घता गर्नु भयो । 

भने, निर्माण समितिको तर्फबाट संयोजक सुरेश याखाले सामाजिक संञ्जाल मार्फत भन्नू भयो -“प्रवेशद्वारको भब्य उद्घाटन हुदैगर्दा भौतिक रुपमा उपस्थित हुन नपाउदाको खल्लो त छदैछ तर मनभित्रको कल्पनाचित्रलाई वास्तविकतामा परिणत गर्न पाउँदा एउटा सपना साकार भएको महसुस भईरहेको छ पौष महिनाको जाडोमा पनि दिनैभर जसो चलेको उद्घाटन कार्यक्रमको संञ्चालन मेरीना तुम्साले गर्नु भएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button