पुर्व मन्त्रीको प्रमुख आतिथ्यता प्रथम क्षेत्रीय बैठक सम्पन्न।

99

सर्लाही :=नेकपा एमाले सर्लाही क्षेत्र नम्बर ४ को क्षेत्रीय समन्वय कमिटिको प्रथम बैठक जिल्लाको दक्षीणि क्षेत्र सिसौट बजारमा अबस्थित श्री बागमति मा बि को प्राङ्गण मा नेकपा एमाले केन्द्रीय सदस्य तथा सर्लाही जिल्ला इन्चार्ज एवम् निवर्तवान रक्षा मन्त्री हरि प्रसाद उप्रेतिको प्रमुख आतिथ्यता सम्पन्न  भयको छ ।

कार्यक्रम को अध्यक्षता पार्टी जिल्ला कमिटी सदस्य एवम् क्षेत्र नम्बर ४ को क्षेत्रीय समन्वय कमिटी सयोजक राधेश्याम शाहले गर्नु भयको थियो । 

त्यतै कार्यक्रमा पार्टी का केन्द्रीय कमिटी सदस्य एवम् क्षेत्र नम्बर ४का इन्चार्ज कमला देबि महतो र पार्टी केन्द्रीय कमिटी सदस्य तथा बरहथवा नगरपालिका का निर्वाचित नगर प्रमुख कल्पना कुमारि कटुवाल को बिशिष्ट आतिथ्यता रहेको थियो । 

  नेत्री द्दुयले पाटीलाइ मिसन ८४ सफल बनाउन स्थानिय नेता कार्यकर्ता ले खेल्नु पर्ने भुमिकाको बारेमा प्रकास पार्दै नेता तथा कार्यकर्ता को आवश्यकता को बखत आफु जुनसुकै समयपनि उपस्थित हुने प्रतिबध्दता ब्यक्त गर्नु भयो
  त्यस्तै कार्यक्रमा सर्लाही जिल्लाका अबिभावक एमाले जिल्ला पार्टी अध्यक्ष राज नारायण शाहले  पार्टी शुद्धीकरण तथा सुदृढीकरण अभियान संचालन गर्ने एजेन्डा सहित नेता कार्यकर्ता प्रशिक्षित गर्नु भयको थियो । 

  कार्यक्रमा मधेश प्रदेस कमिटी सदस्य एवम् क्षेत्रीय समन्वय कमिटी ४ सर्लाही (क) का इन्चार्ज माधव प्रसाद कोइराला ले पार्टीमा बिगत देखि बर्तमान सम्मका भोगाइ सङ्गठन निर्माण मा स्थानिय नेता कार्यकर्ता ले खेल्नु पर्ने भुमिकाको बरेमा प्रकाश पार्दै सङ्गठन निर्मण मा एकजुट निर्देशन दिनुभयो। 

   त्यस्तै अर्का मधेस प्रदेश कमिटी सदस्य रामबालक राय ले नेता को चाकरि भन्दा पार्टी हित मा काम गर्न सुझाब दिनु भयो त्यस्तै बिपक्षीहरु सङ्ग लड्न आफु हरहमेसा कार्यकर्ता को साथमा रहने र कार्यकर्ता लाइ कसैको डर नमानि सङ्गठन निर्माण लाग्न निर्देशन दिनुभयो । 

  कार्यक्रम मा पुर्ब मधेश प्रदेश कमिटी उपाध्यक्ष रेवति पन्थले कम्युनिष्ट पार्टी को उत्पती को इतिहास र आफुले सङ्गठन निर्माण गर्दाको अनुभव सुनाउदै सुखि नेपालि सम्रीद्द नेपालको निर्माण को लागि कार्यकर्ता ले खेल्नुपर्ने भुमिकाको बारेमा ब्याख्या गर्नु भयको थियो । 

  कार्यक्रम मा एमाले सर्लाहि उपसचिब बिभा नेपालले समग्र जिल्लाको राजनिति परिवेश को बारेमा आफ्नो भनाइ राख्नु भयको थियो  भने कार्यक्रम मा ४ नम्बर क्षेत्र भित्रका सम्पुर्ण जिल्ला कमिटि सदस्य साथै पालिका अध्यक्ष ले उपस्थिति जनाइ आफ्नो भनाइ राख्नु भयको थियो । 

कार्यक्रम मा जसपा पार्टी परित्याग गरि एमाले प्रबेश गरेका नबप्रबेशि लाइ स्वागत गर्दै प्रमुख अतिथि उप्रेतिले कसैको डर धम्कि सङ्ग नडराइ सङ्गठन निर्माण मा लाग्न नेताहरुलाइ निर्देशन दिनु भयो भने जनता र कार्यकर्ता को आवश्यकता को समय कुनैपनि अवस्था मा आफु उनिहरुकै साथ रहने  समेत प्रतिबध्ता ब्यक्त गर्नुभयको छ । 

कार्यक्रम नेकपा एमाले सर्लाही जिल्ला कमिटी सदस्य एवम् क्षेत्रीय समन्वय कमिटी क्षेत्र नम्बर ४ का सचिब रबिन कुमार कार्कीले सन्चालन गर्नु भयको थियो    त्यस्तै कार्यक्रम मा उलेख्य कार्यकर्ता को उपस्तिथि रहेको थियो । 

  कार्यक्रम मा पुर्व जिल्ला कमिटी सदस्य सुरेश कार्की मानव अधिकार एलाइन्स जिल्ला सदस्य   राजेश कार्की लगायत को उपस्थिति रहेको थियो । 

Leave a comment