अन्तराष्ट्रिय

उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले केन्द्र निति नियम एवं निर्देशनको पालना गर्दै ‘हर घर तिरंगा’

उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले केन्द्र निति नियम एवं निर्देशनको पालना गर्दै ‘हर घर तिरंगा’ अभियानलाई भारत–चीन सीमामा रहेको राज्यको चमोली जिल्लाका आदिवासी गाउँहरूमा अभियान चलाएको छ ।

सेनाका जवान र गाउँका बासिन्दाले राष्ट्रिय झण्डा बोकेर ‘भारत माता की जय’ नारा लगाएर अभियानमा सहभागी भएका थिए । धामीले ‘हर घर तिरंगा’ लाई प्रत्येक व्यक्तिको अभियानको रुपमा रहेको भने । हातमा राष्ट्रिय झण्डा बोकेर ‘भारत माता की जय’ नारा गर्दै सेनाका जवान र झण्डै एक दर्जन आदिवासी गाउँका बासिन्दाहरू उत्साहका साथ अभियानमा सामेल भए । यहाँबाट करिब एक सय किलोमिटर टाढाको सीमावर्ती गाउँ मलारीमा कार्यक्रम भएको थियो ।

कार्यक्रममा कैलाशपुर, महरगाउँ, कोशा, द्रोणागिरि, नीति, बम्पा, गमशाली, फारकिया, झेलम, कागा, गरपाक, मलारी लगायतका सीमावर्ती गाउँका जनजाति पुरुष तथा महिलाहरुको सहभागिता रहेको थियो । ‘हर घर तिरंगा हरेक व्यक्तिको अभियान बनेको छ,’ धामीले भने । स्थानीय आदिवासी महिलाले मुख्यमन्त्रीको हातमा रक्षासूत्र बाँधेर परम्परागत पौना नृत्य प्रस्तुत गरी स्वागत गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button