Modern technology gives us many things.

नेशनल मेडिकल कलेजको आयोजनामा रक्तदान तथा न:शुल्क स्वास्थ परिक्षण कार्यक्रम कटहरियामा सम्पन्न

30

मंसिर  १५  वीरगंज ___  नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगंजकाे आयाेजनामा शुक्रबार रक्तदान तथा नि:शुल्क स्वास्थ परिक्षण कार्यक्रम कटहरियामा कार्यक्रम सम्पन्न भएकाे छ । रौतहट कटहरिया नगरपालिका वाड नम्बर ४ मधेस प्रदेश विवाहो परिसर मै भएकाे कार्यक्रममा १४२ जनाले रक्तदान गरेकाे छ भने नि:शुल्क स्वास्थ परिक्षणमा १८२ जनाले स्वास लाभ लिएका थिए ।

कटहरिया नगरपालिका वाड नम्बर ४ का वडा अध्यक्ष चन्दन कुमार कुशवाहाको अध्यक्षतामा भएकाे कार्यक्रममा नेशनल मेडिकल कलेज शिक्षण अस्पताल मेडिसिन विभागका डा.आलोक सिंह , बाल रोग विभागका डा.मनोज कुमार गुप्ता , छाला रोग विभागका डा. स्वाती शाह सहभागितामा स्वास्थ्य शिविर सम्पन्न भएको छ। अब नियमित मधेस प्रदेशको हरेक जिल्ला हरेक पालिकामा नि:शुल्क शिविरको आयोजना गर्ने कलेजका प्रबन्ध निर्देशक शहनवाज अन्सारीले जानकारी दिनुभएको छ ।

Leave a comment