यस्तो छ आजको मौसम पूर्वानुमान

3

मंसिर ६ काठमाडौँ___ देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका थोरै स्थानहरूमा हल्का हुस्सु लागेको छ । आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश,बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक -दुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आज राती देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। आगामी २४ घण्टा कोशी प्रदेश,बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक -दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा क्षणिक/आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन महाशाखाले अनुरोध गरेको छ ।

Leave a comment