मधेसस्थानीय

मारवाडी समाज द्वारा वीरगजमा दीपावली स्नेह मिलन’ कार्यक्रम सम्पन्न

वीरगंज – मारवाडी समाज सेवक संघ पर्साको आयोजनामा दीपावली स्नेह मिलन कार्यक्रम सम्पन्न भएको छ । आर्दशनगरस्थित मारवाडी धर्मशालामा शुक्रबार कार्यक्रम सम्पन्न भएको हो ।

संघका पर्सा अध्यक्ष मूरलीधर रूंगटाको अध्यक्षता तथा नेपाली काङ्ग्रेसका युवा नेता अनिल रूंगटाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सांस्कृतिक कार्यक्रम सहित शुभकामना आदानप्रदान समेत गरिएको थियो ।

कार्यक्रममा नेपाल राष्ट्रिय मारवाडी परिषद्का केन्द्रीय सदस्य प्रदीप मित्तल, नेपाल राष्ट्रिय मारवाडी युवा संगठनका क्षेत्रीय सभापति अभिषेक चौधरी, मारवाडी सेवा ट्रष्टका अध्यक्ष बाबुलाल चाचान, मारवाडी महिला मञ्चकी अध्यक्ष रेणु अग्रवाल, वीरगन्न उधोग बाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवाल, वीरगन्ज उधोग बाणिज्य संघका पूर्व अध्यक्ष एवं वरिष्ठ उघोगपति अशोक बैध, महिलाविद्, समाजसेवी तथा सञ्चारकर्मीहरु समेतको उपस्थिति रहेको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button