क्वालालम्पुर :=मलेसियाको इपु पेराकस्थित ताइपिङको सिम्पाङ लारुतमा गत बिहिवार नदी किनारमा नवजात शिशुको मृत शव फेला परेपछि अनुसन्धानको क्रममा एक नेपाली युवकलाई स्थानीय प्रहरीले पक्राउ गरेको छ ।
ताइपिङका प्रहरी प्रमुख एसीपी मोहम्मद नासिर इस्माइलले अस्पतालले बिहान करिब स्थानीय समय अनुसार ०३ः३२ बजे घटनाबारे जानकारी दिएपछि खोजतलासका क्रममा पक्राउ परेको नेपाली नागरिक रहेको जनाइएको छ ।
बच्चालाई जन्म दिने युवती कम्बोडिया मुलकी रहेकी र उनकी प्रेमि नेपाली युवक रहेको खुलेको छ । ती कम्बोडियाली महिलाले उपचारको क्रममा बच्चालाई अस्पतालमा जन्म दिएको तर बच्चा घर नलगेर नेपाली युवक र ती महिला मिलेर बच्चालाई नदी किनारमा लगेर फालीएको प्रहरी अनुसन्धानले बताएको छ ।
प्रहरीको सोधपुछमा युवायुवती बच्चा पेटभित्रैबाट मरेकै जन्मिएको कारण फालीदिएको प्रहरीलाई बयान दिएकि छ्न । नेपाली युवकले पनि बच्चा जन्मिने बितिक्कै मृत्यु भएको भन्दै आफुले फालेको स्विकार गरेका छ्न ।
प्रहरी यो जगन्य अपराध विरुद्ध थप छानबिन गरि दुईजना विरुद्ध नवजात शिशु हत्या सम्बन्धि मुद्दा चलाउने तयारी गरिएको स्थानीय अन्लाईनहरु र पत्रपत्रिकामा खवर रहेको छ ।
