श्री ३ चन्द्र माध्यमिक विद्यालय कलैयाको बि. सं. २०६२ सालको SLC ब्याच बनभोज कार्यक्रम सम्पन्न

261

बारा, १९ जेठ

बारा जिल्ला कलैयामा रहेको श्री ३ चन्द्र माध्यमिक विद्यालयको बि. सं. २०६२ सालको SLC ब्याच बनभोज कार्यक्रम रौतहटको ऐतिहासिक पर्यटकीय स्थल नुनथरमा सम्पन्न भएको छ ।

झन्डै १९ वर्ष पछि यस्तो मिलन तथा वनभोज कार्यक्रम आयोजना भएकोमा सबैले खुसी व्यक्त गरेका छन। SLC ब्याच २०६२ को सामाजिक संजाल ह्वाट्सएपमा ग्रुप खोलिएकोले सबै साथीहरूलाई ग्रुपमा जोडिन ग्रुप एडिमन धनिलाल साहलाई सल्लाह तथा सुझाव दिईएको थियो ।

सो कार्यक्रममा SLC ब्याच २०६२ का साथीहरुको हकहितका तथा अगामी दिनको समाजिक कार्य्रकमका लागि अक्षयकोष खडा गर्ने जस्ता निर्णयहरु भएको थियो ।

वनभोज कार्यक्रममा धनीलाल साह, विकाश यादव, मेराज मंसुर, डा.वेद प्रकाश मौर्य, ओम प्रकाश प्रसाद साह, नन्दन कुमार गुप्ता, जग साह, रामनरेश यादव, महम्द मुस्तुफा, नवल किशोर राम, निरज कुमार मण्डल, राजुलाल ठाकुर, गीता साह, गायत्री साह, अफतर  हुसेन, मानिकचन साह, रंजित गुप्ता, दिनेश कुमार गुप्ता, संजय कुमार गुप्ता, बाबुजान हवारी लगायतको सहभागित रहेको थियो ।

Leave A Reply

Your email address will not be published.