Modern technology gives us many things.

टी-२० विश्वकप खेल्ने नेपाली टोली घोषणा

141

नेपालले आसन्न आइसिसी टी-२० विश्वकप खेल्ने टोली घोषणा गरेको छ। क्यानले बुधबार रोहित पौडेलको नेतृत्वमा १५ सदस्यीय नेपाली टोली घोषणा गरेको हो। टोलीमा बलरद्वय कमल सिंह ऐरी र सागर ढकालले पनि स्थान बनाएका छन्।

नेपाली टोलीमा कप्तान रोहितसहित आसिफ शेख, अनिलकुमार साह, कुशल भुर्तेल र सन्दीप जोरा ब्याटरको रुपमा छन्। दीपेन्द्रसिंह  ऐरी, कुशल मल्ल र गुल्सन झा अलराउन्डर छन्।

सोमपाल कामी, करण केसी, प्रतिश जिसी र कमलसिंह ऐरी तीव्र गतिको युनिटमा छन्। स्पिनरको रुपमा सागर ढकाल र ललित राजवंशी रहेका छन्।

नेपाली टोली : रोहित पौडेल (कप्तान), आसिफ शेख, अनिलकुमार साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुल्सन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, अभिनास बोहरा, सागर ढकाल, कमलसिंह ऐरी।

Leave a comment