नेपाल राजदूतवास मलेसिया र पिएनसिसिको सहयाेगमा दुई नेपाली स्वदेश फर्किए।

103

सुरेन्द्र महतो
मलेसिया:=नेपालि राजदूतावास मलेसिया र प्रबासी नेपाली समन्वय समिती (PNCC) को सहयोगमा दूईजना नेपाली श्रमिक स्वदेश फर्किएका छन् । नेपाल फर्किनेमा सुजन तामाङ र ईन्द्र बहादुर कामी रहेका छन् उनीहरु मैइ १ तारिखका दिन हिमालयन एयरलाईन्सको उडानबाट नेपाल फर्किएका हुन् ।
आजभन्दा ६ बर्ष अगाडि मलेसिया आएका ईन्द्र बहादुर रुकुम जिल्लावासी हुन उनले नेपालबाट आएको कम्पनी डेढबर्ष अगाडि छाडेका थिए त्यसपछि अबैधानिक बसोबासगरि सुरक्षा गार्डको काम गरिरहेका थिए पछिल्लो समय डिप्रेसनको कारण काम गर्न नसक्ने अवस्था भएपछि नेपाल राजदूतवासमा सहयोगको याचना गर्न आईपुगेका थिए त्यस्तै, धादिङको सुजन तामाङ सन् २०१२ मा मलेसिया आएका थिए नेपालबाट आएको २ बर्षमै कम्पनी छाडेर उनी पनि अबैधानिक भए अबैधानिक रुपमै काम गरेर करिव १०बर्ष बिताए उनी पनि बिरामी भएर नै दूतवासमा सहयोगको याचना गर्न आईपुगेका थिए । 
सहयोगको याचना गर्दै आईपुगेका उनीहरुलाई नेपाल राजदूतावासको आग्रहमा एनआरएनएले आफ्नो सेल्टर हाउसमा खाने बस्ने सहितको आश्रय दिएको थियो, त्यस्तै सेल्टर हाउस देखि एयरपोर्ट अनि नेपालमा उनीहरुको आफन्तलाई जिम्मा लगाउने सम्मको प्रबन्ध पिएनसिसिले गरेको हो ।   
पिएनसिसि मलेसिया प्रतिनिधि पूर्ण लिम्बूको अनुसार अबैधानिक बसेवापत अध्यागमनलाई बुझाउनु पर्ने शूल्क र हवाई टिकट ईन्द्र बहादुरको हकमा उनी आफैले ब्यहोरेको हो । सुजन तामाङको लागि हवाई टिकट प्रथम सचिव प्रेम बहादुर बुढाको पहलमा नेपाल राजदूतावासले उपलब्ध गराएको हो भने अध्यागमन शूल्क बापत लाग्ने खर्च उनकै साथीभाईहरुले चन्दा संकलन गरेर जुटाएका हुन् साथै दुवैजनाको ट्राभल्स डकुमेन्ट नेपाल राजदूतवासले निशूल्क उपलब्ध गराएको थियो । उहालाई नेपाल फर्काउन सहयोग गर्नु हुने गैर आवासीय नेपाली संघ (NRNA) , नेपाली दूतावास क्वालालम्पुर मलेसिया र दूतावासका प्रथम सचिब प्रेम बहादुर बुढाथापा साथै प्रत्येक्ष अप्रत्यक्ष सहयोग गर्नु हुने सबै सहयोगी मनहरु लाई हार्दिक धन्यवाद दिदै आगामी दिनमा पनि PNCC पीडित हरुको लागि खम्बा जस्तै उभेर सहयोग गरिने पिएनसिसि को मलेशिया कोर्डिनेटर पुर्ण सुब्बाले बताउनु भयो। 

Leave A Reply

Your email address will not be published.