महागढीमाइ नगरपालिका मेयर ४ टावर लाईट, ३० सोलार बतिको गरे उदघाटन

122

विश्व प्रसिद्द धार्मिक एवम शक्ति पिठका रुपमा रहेको पर्यटकिय नगरी बाराको महागढिमाई नगरपालिकालाई उज्यालो एवम सुन्दर नगरिका रुपमा बिकास गर्दै लगेका नगर प्रमुख उपेन्द्र प्रसाद यादवले टावर लाईट को उदघाटन गरेका छन । महान पर्व छठका अवसरमा नगरबासिलाई सौगातका रुपमा नगरको बजेटबाट वडा नम्बर ९ कन्चनपुर चौकमा टावर लाईटको उदघाटन गरेका छन । नगर प्रमुख यादवले भोलि छठका दिन पनि नगरको तीन स्थानमा टावर लाईटको उदघाटन गर्ने कार्यतालिका रहेको बताएका छन ।

उनले वडा नम्बर ७ को कटवासी माई मन्दिर प्राङ्गणमा र सोही वडाको बेनौली चौकमा समेत टावर लाईट को उदघाटन गर्दै छन । त्यस्तै नगर प्रमुख यादवले वडा नम्बर २ को महागढिमाई नगरपालिकाको नव निर्मित प्रशासनिक भवनमा समेत भोलि छठ पर्वका दिन नै टावर लाईट को उदघाटन गर्ने जनाएका छन ।

मेयर यादवले शिक्षा छेत्रमा आमूल परिवर्तन का लागि आफुले हरेक बिधालयमा सोलार बति जडान गर्ने योजना अनुरुप ३० वटा बिधालयमा सोलार बति जडान गरेको बताएका छन । यसरी सोलार बति जडान भएपछी बिधालयहरुमा बिधुत लाईन कटौती भएर विभिन्न समस्याबाट बिद्यार्थी एवम शिक्षकलाई सहज हुने र सिकाई उपलब्धि पुर्ण हुने आफुले बिश्वास लिएको बताएका छन ।
मेयर यादवले आफ्नो कार्यकालमा नगरलाई महत्वपूर्ण एवम लोभ लाग्दो नगरका रुपमा बिकास गर्ने बताएका छन ।
यता मेयर यादवको कामको नगरमा मात्र हैन जिल्लाभरी नै प्रसंशा भैरहेको नेपाल शिक्षक संघ बाराका पुर्व अध्यक्ष परमहन्स प्रसाद यादवले बताए ।

शिक्षा छेत्रमा नगर प्रमुख ले गरेको लगानी तथा महत्वपूर्ण योजनाहरुले समग्र नगरको शिक्षा प्रेमी अभिभावक बिद्यार्थी तथा नगर बासी अत्यन्तै खुशी भएको महिला अधिकारकर्मी महिला सन्जाल बाराकी अध्यक्ष बबिता जयस्वालले बताईन ।

Leave A Reply

Your email address will not be published.