भारतीय प्रधानमन्त्री मोदी धेरै बुद्धिमान् नेता हुन्

120
नयाँ दिल्ली, एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विश्वका सबैभन्दा बुद्धिमान नेता रहेको प्रतिक्रिया दिएका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले प्रधानमन्त्री नरेन्द्र मोदीको प्रशंसा गर्दै उनलाई ‘एक धेरै बुद्धिमान व्यक्ति’ भनेका हुन् ।
एक कार्यक्रममा बोल्दै पुटिनले भने, “हामी प्रधानमन्त्री मोदीसँग धेरै राम्रो राजनीतिक सम्बन्ध राख्छौं … र उनको नेतृत्वमा भारतले विकासमा धेरै प्रगति गरिरहेको छ ।“ उनले आर्थिक सुरक्षा र साइबर अपराध विरुद्ध लड्न भारतसँग थप सहयोगको अपेक्षा गरेको पनि बताए । श्रोतः एएनआई
Leave A Reply

Your email address will not be published.