११ किलोग्राम सुन प्रकरणमा चिनियाँ नागरिक स्वयम्भुबाट पक्राउ

127

संघिय राजधानी काठमाडौंबाट दोलखामा बरामद भएका ११ किलो सुन प्रकरणमा सिआईबीले चिनियाँ नागरिक सहित थप तिन जनालाई फक्राउ गरिएका छन् । पक्राउ पर्नेमा चिनियाँ नागरिक साथी भनिने गेङ्रु, उनका सहयोगी सनत प्रधान र सुन किनबेचमा संलग्न लालबहादुर तामाङ रहेका हुन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रवक्ता एसपी नवराज अधिकारीले उनीहरुलाई स्वयम्भुबाट पक्राउ गरिएको बताए । ‘पक्राउ गरेर आज जिल्ला प्रहरी कार्यालय, दोलखालाई बुझाउने तयारी भईरहेको बताइएको छ ।
पक्राउ परेका चिनियाँ नागरिक गेङ्रुले नै चीनबाट सुन मगाएको पाइएको अनुसन्धानमा संलग्न अधिकृतहरुले बताए । यसअघि प्रकरणमा ७ जना पक्राउ परिसकेका छन् । सुन तस्करी गिरोहले दोलखाको नाकाबाट आलुको बोरामा राखेर सुन तस्करी गर्ने गरेको थियो ।

Leave A Reply

Your email address will not be published.