चीन र रुसको योजनालाई विफल पार्न अमेरिकाले अलास्का तर्फ चारवटा युद्धपोत पठाए
वासिंगटन, एजेन्सी । चीन र रुसले अलास्का नजिक नौ सेना सज्जिएका युद्धपोत उतारेपछि अमेरिकाले तिनीहरुको योजना विफल बनाउन विनाशक सहित चार वटा सैन्य युद्धपोत त्यस तर्फ पठाएका छन् ।
हालै अलास्का नजिक चिनियाँ र रुसी युद्धपोत आएपछि अमेरिकाले चार अमेरिकी विनाशक र एउटा पी–८ पोसेइडन विमान पठाएर चिनियाँ र रुसी योजनालाई विफल बनाएका हुन् ।
“चिनियाँ र रुसीे गस्ती अन्तरराष्ट्रिय जलक्षेत्रमा रहयो र यसलाई खतरा मानिएको थिएन,” अमेरिकी उत्तरी कमाण्डले एक विज्ञप्तिमा भन्यो । चीन र रुसले संयुक्त सामुद्रिक गस्ती गरिरहेको चिनियाँ दूतावासका प्रवक्ताले बताए । तर अन्तरराष्ट्रिय समुद्री जलक्षेत्रबाट अलास्का माथि दुबै देशले षड्यन्त्र गरिरहदा त्यसलाई विफल पार्न अमेरिकी विनाशक सहितका युद्धपोत पठाएको रिपोर्टमा भनिएको छ ।